भैरव माःबि बा.न.पा १० भकुण्डेमा २ दिने शैक्षिक अन्तरक्रिया सम्पन्न

/ प्रकाशित मिति :
सोमबार, चैत्र २០ २០७९

बागलुङ, २० चैत – भैरव माःबि बा.न.पा १० भकुण्डेमा शैक्षिक गुणस्तर बृद्धि र व्यावसासायिक तथा प्राविधिक बिषयक २ दिने शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले युग सुहाउदो बैज्ञानिक व्याव्हारिक र गुणस्तरिय शिक्षा लागुगर्नका लागि सबैको ध्यान जानुपर्ने बताउनुभयो । सामुदायिक बिद्यालयको स्तरबृद्धि र गुणस्तरिय शिक्षाका लागि बागलुङ नगरपालिका सदैब साथमा रहेको बताउनुभयो । उहाँले नगरपालिकाले शुरु गरेको बालमैत्री अभियान लाई सफल बनाउनका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

बिद्यालयका प्रधानाध्यापक किसनप्रसाद सापकोटाले बिद्यालयको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष दिल बहादुर थापा,स्थानिय अगुवा उदितथापा मगर र बसन्त थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा एमबिबिएस अध्यन गर्नका लागि पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल अनामिका सुनार लाई सम्मान गरिएको बिद्यालयले जनाएको छ ।

२ दिने अन्तरक्रिया बाट कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिने, कक्षा ११ र १२ मा पर्यटन सम्बन्धी बिषय समावेस गरिने लगायतका निर्णय भएको प्रधानाध्यापक किसन प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर थापाको अध्यक्षता र बिद्यालयका शिक्षक ठगेन्द्र थापको संचालनमा सम्पन्न भएको थियो ।