चैत्राष्टमी मेलामा राष्ट्रिय भलिबल खेल शुरू

/ प्रकाशित मिति :
सोमबार, चैत्र १३ २០७९

 

राजेशचन्द्र राजभण्डारी
बागलुङ ,चैत १३ –गण्डकी प्रदेशको सबैभन्दा ठूलो मेला लाग्ने पर्व चैत्राष्ठमीको अवसरमा बागलुङ सदरमुकाममा लागेको चैते दशै मेलालाइ भब्य रूपमा सम्पन्न गर्ने उदेश्यले राष्ट्रिय भलिबल खेल शुरू भएको छ ।

कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले चैत १३ गतेदेखि १७ गतेसम्म आयोजना गरेको मेलाको पहिलो दिन बागलुङ नगरपालिका वडा नम्बर १ कालीका कुन्ज परिसरमा प्रतियोगितात्मक राष्ट्रिय पुरूष भलिबलको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्नुयभो ।

चैत्राष्ठमी मेलामा गित संगित मात्र नभै खेलकुदले महत्त्वपूर्ण स्थान लिएर मेलाको गरिमा बढेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
पुरानो परम्परागत रूपमा लाग्ने मेलाको स्वरूप परिवर्तन भएको यतिबेला आन्तरिक पर्यटक तान्न हाम्रो मेला महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्ने गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक बर्ष मन्दिर परिसरमा ५ दिने मेलाको आयोजना गरि लाखौं दर्शक भित्र्याउने गरेको कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

५ दिनसम्म संचालन हुने मेलामा कालीका कप खुल्ला पुरूष भलिबल प्रतियोगिता आयोजना गरेको छ । राष्ट्रियस्तरको १३ टिम सहभागी हुदैछन् । प्रथम हुने टिमलाई ३ लाख पुरस्कार को ब्यवस्था गरिएको छ । गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रम संचालन कार्यालय प्रमुख तारा शर्माले गर्नुभएको थियो ।

आजको पहिलो खेल पाङ भलिबल पिभिसि टिम र बागलुङ नगरपालिका ९ तित्याङ बिएमटी बिच भएको थियो ।१७ गतेसम्म हुने भलिबल खेलमा नेपाल प्रहरी ,घुम्टे युवा परिवार ,बिग स्टोन ,काठेखोला तंङग्राम ,हिल साइड सेतो ,काठेखोला गापा ,काठेखोला काडेस ,मुलपानी वानपा ७ ,सिगाना एसभिसि ,हिलसाइड निलो र निर्माण ब्यवसायी टिम खेल हुने भलिबल खेल संयोजक अर्जुन खड्काले बताउनुभयो ।