सामना परिवारद्धारा दलाल ब्यवस्था बिरुद्ध भन्दै जनसांस्कृतिक कार्यक्रम प्रस्तुत

/ प्रकाशित मिति :
बिहिबार, चैत्र ९ २០७९

बागलुङ, ९ चैत्र – नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध कलाकारले  बागलुङ बजारमा सांस्कृतिक  कार्यक्रम प्रस्तुत गरेका छन् । वैज्ञानिक समाजवाद लागि सामना परिवारले जनसंगीत अभियान अन्र्तगत बिहिबार बागलुङ बजार स्थित लोकतान्त्रिक चोकमा सांस्कृतिक कार्यक्रम प्रस्ततुत गरेका हुन् ।

अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत सामना परिवारले चलाएको अभियान देशभर संचालन हुने नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्युरो सदस्य टेक बहादुर केसी आजादले जानकारी दिनुभयो । बागलुङ बजार स्थित लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा बिभिन्न जनबादी गित संगित नृत्य र नाटक प्रस्तुत गरिएको थियो ।

सो अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्युरो सदस्य टेक बहादुर केसी आजाद र केन्द्रिय सदस्य तथा धौलागिरी ईन्चार्ज बिकिरणले दलाल पुजींबादी संसदिय व्यवस्थाका कारण  कारण जनताले सदैब दुख पाईरहेको बताउनुभयो । बैज्ञानिक समाजबाद ल्याउनका लागि सबै देशभक्त श्रमजिवी जनता एक हुनुपर्ने उहाँहरुको भनाई थियो ।