लहरेपिपल माबिको ६४ औ बार्षिकोत्सव सम्पन्न

/ प्रकाशित मिति :
शनिबार, माघ २८ २០७९

दिल बहादुर थापा
बागलुङ २९ माघ – लहरेपिपल माबिको बा.न.पा – ६ को ६४ औ बार्षिकोत्सव बिबिध त्रिदिवसिय कार्यक्रमका साथ सम्पन्न भएको छ ।
बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर–प्रमुख बसन्त कुमार श्रेष्ठले सामुदायिक बिद्यालयको भौतिक एबं शैक्षिक सुधारका लागि नगरपालिका सदैब साथमा रहेको बताउनुभयो ।
सो अवसरमा नगरशिक्षा अधिकारी धन प्रसाद पोखरेलले सामुदायिक बिद्यालयमा राज्यले गरेको लगानी अनुसारको गुणस्तर दिनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा पुर्व व्यवस्थापन समितिका अध्यक्ष खेमराज सापकोटालाई बिशेष सम्मान गरेको बिद्यालयले जनाएको छ ।
त्यसैगरी शिक्षक शोभा केसी क्षेत्री, पुण्य प्रभा शर्मा, मञ्जु थापा लाल बहादुर थापा लगायत लार्य सम्मान गरिएको थियो भने शिक्षक द्रौपति कँडेल र सिता शर्मा लाई बिदाई गरिएको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष रुद्र बहादुर केसी, सम्मानित शिक्षक शोभा केसी क्षेत्री र बिद्यार्थी कृष्ण केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


बार्षिकोत्सवका अवसरमा आयोजित १७ बिद्यालय सहभागी एसईई बिशेष हाजिर जवाफ प्रतियोगितामा रुर्दे पिपल माबि प्रथम, शिद्यार्थ सदन दृतिय ,बिद्यामन्दिर माबि तृतिय र सान्त्वना अमर आदर्श भएका थिए ।
कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर कार्कीको अध्यक्षता, शिक्षक संगिता जिसी र बिद्यार्थी कृष्ण केसी को स्वागत मन्तव्य शिक्षक दिपा तिवारी र स्याम प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।