धौलागिरी बहुमुखी क्याम्पस बागलुङको ६० औ बार्षिकोत्सव सम्पन्न

/ प्रकाशित मिति :
शुक्रबार, माघ २០ २០७९

 

दिल बहादुर थापा
बागलुङ, १९ माघ – धौलागिरी बहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव बिभिन्न साप्ताहिक कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ ।

मुल समारोहको उद्घाटन शिक्षासास्त्र संकायका डिन प्राःडा चित्र बहादुर बुढाथोकीले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले बैज्ञानिक र व्याव्हारिक शिक्षाका लागि राज्यले स्पष्ट निति बनाउनुपर्ने बताउनुभयो ।

बिगतको शैक्षिक निती श्रम र सिपलाई अपमान गर्ने खालको भएको भएकोले अधिकाशं युवा बिदेश पलायन भएको चर्चा गदै बुडाथोकीले” सरकारले निति बनाएर बैज्ञानिक र व्याव्हारिक शिक्षा लागु गर्नुपर्नेमा जोड दिनुभयो । शैक्षिक निति राम्रो नभएसम्म देश राम्रो नहुने उहाँको भनाई थियो ।

क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिबदेनमा पञ्चबर्षिय रणनितिक योजना तयार गरी सोही अनुसार शैक्षिक र प्रशासनिक लगायत भौतिक पुर्वाधार विकासका कार्यहरु अगाडी बढेको उल्लेख छ ।

त्यस्तै तमानखोला गाँउपालिकाका अध्यक्ष जोकलाल बुडा मगरले स्थानिय साधन र श्रोत लाई प्रयोग गरेर जिवनोपयोगी बैज्ञानिक ब्याव्हारिक र गुणस्तरीय शिक्षा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधी जगदिशचन्द्र उपाध्याय, नेकपा एमालेका कार्यालय सचिव अमर बहादुर थापा, नेकपा माओबादी केन्द्रका यज्ञबल्लभ शर्मा बिद्रोही, नेकपा एकिकृत समाजबादी पार्टीका संयोजक लाल बहादुर थापा, प्राःडा डिल्लीराज गौतम, पुर्व क्याम्पस प्रमुख गोबिन्द प्रसाद शर्मा कँडेल, पुर्व सहायक क्याम्पस प्रमुख ओमप्रसाद शर्मा, त्रिवि कर्मचारी सघंका सभापति शिवराज पन्त, त्रिवि प्राध्यापक सघंका सभापति भक्तिराम न्यौपाने, स्व.बि.यु सभापति मनिष थापा, पुर्व स्व.बि.यु सभापति चिरञ्जिीवी गौतम, पुर्व बिद्यार्थी सघंका सभापति जनकराज पौडेल,पत्रकार कोपिला कँडेल, नेपाल बिद्यार्थी सघंका दिपक सुबेदी, अनेरास्वबियुका अनिल शर्मा, अखिल क्रान्तिकारीका बिकास कँडेल, बिद्यार्थी गुणस्तर समुहका संयोजक सुदिप सागर कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त क्यामपसको गुणस्तर सुधारगर्न सबैको साझा पहल आवस्यक रहेको बताउनुभएको थियो ।

धैलागिरी बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिन बहादुर थापाको अध्यक्षता र सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।