पुस्तकालय स्थापना दिवसका अवसरमा बालबालिकाको निशुल्क दन्त परिक्षण

/ प्रकाशित मिति :
बुधबार, माघ ११ २០७९

दिल बहादुर थापा
बागलुङ, ११ माघ – विद्यामन्दिर पुस्तकालयको ७६ औ स्थापना दिवशका सन्दर्भमा बुधबार बालबिकास केन्द्रका बालबालिकाको निशुल्क दन्त परिक्षण पर्दशन तथा कार्यलय परिसर सरसफाई गरिएको छ ।

त्रिदिवसिय कार्यक्रम सहित दिवस मनाउन शुरु गरेको पुस्तकालयले बुधबार दोश्रो दिन बालबिकास केन्द्रका १० जना बालबालिकाको निशुल्क दन्त परिक्षण बिहान प्रभातफेरी समेत गरेको थियो ।

बागलुङ बजार स्थित अशोक डेन्टल केयरका प्रोप्राईटर तथा दन्त रोग विशेषज्ञ डा. कल्पना लिम्बु र अशोक श्रेष्ठले बालबालिकाको दन्त परिक्षण गरेको पुस्तकालयका सचिव राजन प्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि बिहान पुस्तकालयले जनचेतनामुलक प्रभातफेरी तथा पुस्तकालय परिसर सरसफाई समेत गरेको थियो । प्रभातफेरी पछि आयोजित कोणसभामा बोल्दै पुस्तकालयका अध्यक्ष राम थापाले पुस्तकालय लाई अगाडी बढाउनका लागि सबै संग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले पठन संस्कृतिको बिकासका लागि सबैजनाले पुस्तकालयमा आएर अध्यन गर्न समेत आग्रह गर्नुभयो ।

मंगलबार देखी त्रिदिवसीय कार्यक्रम सहित दिवस मनाउन लागेको पुस्तकालयले बिहिबार सरस्वती पूजा, पुस्तकालयको महत्वबारे प्रवचन, पूर्वअध्यक्ष सम्मान, बालबालिकालाई झोला र स्टेनशनरी सामग्री वितरण, दाताहरुबाट पुस्तकालयलाई सहयोग हस्तान्तरण लगायत कार्यक्रम हुने पुस्तकालयका उपाध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।

पुस्तकालयमा अहिले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) पनि छ । पुस्तकालयले बाल विकास केन्द्र पनि सञ्चालन गरिरहेको छ । प्रारम्भिक चरणमा विद्यालयको कोठा हुँदै सार्वजनिक ठाँटीको पौवामा चलेको पुस्तकालय अहिले आफ्नै सुविधासम्पन्न भवनबाट सञ्चालित छ ।