शैक्षिक गुणस्तर बृद्धिका लागि प्रअहरुसंग छलफल तथा अन्तरक्रिया

/ प्रकाशित मिति :
शनिबार, माघ ७ २០७९

दिल बहादुर थापा
बागलुङ, ७ मंसिर –शिक्षा बिकास तथा समन्व्य इकाई कार्यालय बागलुङले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि माध्यामिक बिद्यालयका प्रधानाध्यापहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ ।

जिल्लाको शैक्षिक बिकास र गुणस्तर अभिबृद्धिमा सहयोग पु¥याउने उद्देश्यले इकाइ कार्यालयले बागलुङ, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका र काँठेखोला गाउँपालिकाका माध्यामिक बिद्यालयका प्रधानाध्यापहरुसंग छलफल तथा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले बिद्यार्थीहरुको अभिलेखिकरण चुस्त दुरुस्त हुनुपर्ने र परिक्षा संचालन बिधी पनि व्यवस्थित तथा मर्याधित हुनुपर्नेमा जोड दिनुभयो ।

इकाई प्रमुख कुश्मराज उपाध्यायले जिल्लाको शैक्षिक अवस्था, सिकाई उपलव्धी, चुनौती, समस्या र समस्या समधानका उपाएका वारेमा जानकारी गराउनुभएको थियो ।

कार्यालयका बिदुर शर्मा चापागाईले रजिष्टेशन, आवेदन, कार्यसम्पादन मुल्यांकन तथा फारमका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
त्यसैगरि मालिका माविका प्रधानाध्यापक बालकृष्ण सापकोटाले नविनतम शिक्षण बिधी र धौलागिरि बिरेन्द्र माविका केशवराज पौडेलले पाठ्यक्रम र मुल्यांकनका बिषयमा सहजीकरण गर्नु भएको थियो ।

७८ जना प्रधानाध्यापकहरुको सहभागीता रहेको कार्यक्रममा सिगाना माध्यामिक बिद्यालयका प्रधानाध्यापक गोपालकुमार शर्माले मंतव्य व्यक्त गर्नु भएको थियो । सहभागी प्रधानाध्यापकहरुले यस्तो खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम शिक्षा बिकास तथा समन्व्य इकाई कार्यालय बागलुङका प्रमुख कुश्मराज उपाध्यायको अध्यक्षता र कार्यालयका शाखा अधिकृत कृष्णराज रेग्मीको संचालनमा सम्पन्न भएको थियो ।