श्री कृष्ण आधारभुत बिद्यालय को ६२ औ बार्षिकोत्सव सम्पन्न

/ प्रकाशित मिति :
सोमबार, पुष १८ २០७९

बागलुङ, १८ पौष – श्रीकृष्ण आधारभुत बिद्यालय बा.न.पा –५ मालिका बान्द्रेको ६३ औ बार्षिकोत्सव बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

बार्षिकोत्सवको उद्घाटन गर्दै नगरशिक्षा अधिकारी धन प्रसाद पोखरेलले सामुदायिक बिद्यालयमा राज्यले गरेको लगानी अनुसारको शैक्षिक गुणस्तर बृद्धि हुनुपर्ने बताउनुभयो । अधिकाशं शिक्षकले आफ्ना छोराछोरी निजि स्कुलमा पढाउने गरेका कारण सामुदायिक बिद्यालयको गुणस्तर खस्केको चर्चा गर्दै” आफु कार्यरत बिद्यालय लाई विश्वास गर्न नसक्ने शिक्षकले राम्रो गुणस्तर दिन नसक्ने धारणा समेत ब्यक्त गर्नुभयो । शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक बिद्यार्थी र अभिभावक एक हुनुपर्नेमा पोखरेलले जोड दिनुभयो ।

सो अवसरमा बिद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बिद्यालयको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै आगामी दिनमा शैक्षिक गुणस्तर बृद्धिका लागि सबै संग हातेमालो गरेर अगाडी बढ्ने बताउनुभयो । बिद्यालयको शैक्षिक प्रतिबेदन शिक्षक घनश्याम रिजालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमा पुर्व शिक्षक अभिभावक सघंका अध्यक्ष कृष्ण प्रसाद शर्मा,जग्गादाता प्रेम प्रसाद सापकोटा, समाजसेवी बलराम सापकोटा, बिद्यार्थी आयुस्मा रिजाल र शुभलक्ष्मी आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै बिद्यालयको अक्षय कोषबाट रु १ लाख बराबरको स्र्पोट ड्रेस बिवतरण गरिएको शिक्षक घनस्याम रिजालले जानकारी दिनुभयो । बार्षिकोत्सवका अवसरमा अभिभावकको लागि म्युजिकल्चीयर प्रतियोगिता सम्पन्न गरेको जनाएको छ । बर्षिकोत्सवमा उत्कृष्ट अंक ल्याउने तथा जेहेन्दार बिद्यार्थी लाई पुरस्कृत समेत गरेको बिद्यालयले जनाएको छ ।

कार्यक्रम बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षता, शिक्षक खडानन्द सापकोटभको स्वागत मन्तव्य र शिक्षक रेशम बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।