बिद्यामन्दिरका माबिका बिद्यार्थी लाई खाद्य सचेतना कार्यक्रम

/ प्रकाशित मिति :
मंगलबार, असार २१ २០७९

बागलुङ,२१ असार – बागलुङ नगरपालिकाको सहयोग तथा राष्ट्रिय उपभोक्ता मञ्चको आयोजनामा बागलुङको बिद्यामन्दिर माबिका बिद्यार्थीका लागि खाद्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

बिद्यार्थी लाई खाद्य सुरक्षा सम्बन्धी जानकारी गराई सचेतना फैलाउने उदेश्यले सचेतना कार्यक्रम गरिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेस पौडेलले बजारमा छ्याप्छ्याप्ती गुणस्तरहिन सामग्रीको विक्रिवितरण हुने गरेको भन्दै यसबारे बिद्यार्थी वर्ग लगायत सबै सरोकारवाला सचेत हुनुपर्ने बताउनुभयो । उहाँले मुल्य सुची कायम नगरिएका तथा म्याद गुज्रेका सामग्री बेचबिखन गरेको पाईएमा कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।

सो अवसरमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोक्तम सापकोटाले गुणस्तरहिन सामग्रीको प्रयोगले उपभोक्ताको स्वास्थ्यमा नकरात्मक असर गर्ने भन्दै बिद्यार्थी मार्फत अभिभावक माझ सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख सौरभ श्रेष्ठले खाद्य सचेतना र उपभोक्ता,भेटेनरी अस्पतालका डा. ऋषि सापकोटाले मासुजन्य पदार्थ र उपभोक्ता तथा राष्ट्रिय उपभोक्ता मञ्चका सचिव राम बहादुर केसीले उपभोक्ता अधिकार र कर्तब्य लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।

सो अवसरमा समिक्षात्मक टिप्पणी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयका वकिल रामकृष्ण लामिछानेले गुणस्तरहिन सामग्रीको बेचबिखन गर्ने लाई कानुन बमोजिमको कारबाही हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको अध्यक्षता र सचिव राम बहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।