आसन्न महाधिवेशन लाई लक्षित गरी राप्रपाले थाल्यो संगठन विस्तार तथा सुदृढिकरण अभियान

/ प्रकाशित मिति :
बिहिबार, चैत्र ५ २០७७

सुवास आचार्य
बागलुङ, ५ चैत – आसन्न महाधिवेशनलाई लक्षित गरी राप्रपाले बागलुङमा संगठन विस्तार तथा सुदृढिकरण अभियान थालेको छ अभियानको शुरुआतमा काठेखोला गाउँपालिका वडा नम्वर ६ विँहुमा गाँउपालिकाको विस्तारित वैठक तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।
भेलालाई सम्वोधन गर्दे रामप्रपाका पुर्व केन्द्रीय उपाध्यक्ष तथा कार्य सम्पादन समितिका सदस्य दिलविकास राजभण्डारीले वर्तमान राजनिनितिक परिवेशलाई मध्यनजर गर्दै अहिलेको यसास्थीति वाट मुलुक दिगो विकास र शान्तीको मार्गमा जान नसम्ने हुदा यसको विकल्पको रुपमा राप्रपालाई अगाडी सारेर नारामा मात्रै सिमित रहेको समृद्ध नेपाल सुखि नेपालीलाई व्यवहारमा उतारी प्रत्यक नेपालीलाई महशुस हुने गरी काम गर्नु पर्ने बताउनु भयो ।
वर्तमान अवस्थामा नेपाली जनताको भावना अनुसार चल्ने पार्टी राष्ट्रिय प्रजातान्त्रीक पार्टी भएकोले आफुहरुलाई साथ दिन आग्रह गर्नु भयो । राप्रपा पार्टी भित्र रहेका केही कमी कमजोरी सुधार गरी आगामी दिनमा पार्टी अगाडी वढ्ने वताउनु भयो ।
वर्तमान राजनितिक दलहरुको काम प्रति आम नागरिक असन्तुष्ट हुदै गएको कारण अवको विकल्प आफ्नो पार्टी रहेको समेत वताउनु भयो । राजभण्डारीले २०६२÷०६३ को जनआन्दोलन पछि परिवर्तनको नाममा नेपाली जनताको भावना र चाहना विपरितका अस्वभावीक परिवर्तन लाई पुर्नविचार गर्न जरुरी रहेको वताउनु भयो ।
गणतन्त्र ,संघियता र धर्म निरपेक्षता लाई खारेज गरी जनताको भावना अनुसार चल्न राप्रपालाई साथ दिन नागरिक हरुलाई आग्रह गर्नु भयो । सोही कार्यक्रममा वोल्दै राप्रपाका केन्द्रीय सदस्य देवी प्रसाद कडेलले पार्टीको संगठनलाई तल्लो तहवाटै सुदृढ गर्दै पार्टीको संगटन विस्तारमा राप्रपा लागेको वताउनु भयो ।
तल्लो तहमा संगठन वलियो नवने सम्म जनताका भावना समेट्न नसकिने भएकोले आफुहरु तल्लो तहदेखीनै पार्टीको संगठन विस्तार अभियानमा जुटेको वताउनु भयो । सोही भेला वाट राप्रपाको सक्रिय सदस्यता वितरण अभियान सुभारम्भ भएको थियो । १५ दीन भित्र काठेखोला गाँउपालिका सवै वडामा सक्रिय सदस्यता वितरण गर्न हिरालाल कडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । काठेखोला गाउँपालिका वाट सुरु भएको अभियान जिल्लाका सवै स्थानिय तहमा पु¥याइने भएको छ । भेला काठेखोला गाँउपालिका वडा नम्वर ६ का निर्वाचित वडा सदस्य लिलाधर ढुङगानाको अध्यक्षता पार्टीका स्थानिय नेता दुर्गादत्त रिजालको स्वागत र केदार कडेलको संचालनमा सम्पन्न भएको थियो ।
यसैविच राप्रपाले आगामी वैशाख २५ देखी २८ गते सम्म हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरी जिल्लाका सवै स्थानिय तहमा १५ दिन भित्र सक्रिय सदस्यता वितरण गर्ने निर्णय गरेको छ । विहिवार राप्रपा जिल्ला कार्यसमितिको वैठकले महाधिवेशनलाई लक्षित गरी सवै वडामा आफ्ना गतिविधि वढाउने र सक्रिय सदस्यता वितरण गर्ने निर्णय भएको राप्रपाका जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले वताउनु भयो ।