7A साइड फुटवल प्रतियोगिताको उपाधी युनाईटेड बिरकोट वोयज क्लब लाई

/ प्रकाशित मिति :
आइतबार, चैत्र १ २០७७

बागलुङ, १ चैत्र – बिहुँकोट खेलकुद तथा समाज केन्द्रले आफ्नो स्थापना दिवशका आवसरमा आयोजना गरेको खुला  7A साइड फुटवल प्रतियोगिताको उपाधी युनाईटेड बिरकोट वोयज क्लब काँडेबासले जितेको छ । बिभिन्न क्षेत्रका १६ टिमको सहभागिता रहेको प्रतियोगितामा बिहुँकोट खेलकुद तथा समाज केन्द्रलाई ५–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । अपर बिहुुँकोट फुटबल प्रतियोगिताको प्राबिधिक सहयोगमा संचालित यस प्रतियोगितामा बिहुँकोट खेलकुद तथा समाज बिकास केन्द्र र युनाईटेड बिरकोट बोयज बिच फाईन खेल भएको थियो ।
कार्यक्रम प्रथम स्थान हासिल गर्ने टिम युनाईटेड बिरकोट वोयज क्लबलाई रु २५हजार मेडल ट्रफि र प्रमाण पत्र र द्धितिय हुने बिहुँकोट खेलकुद तथा समाज केन्द्रलाई लाई १२ हजार मेडल ट्रफि र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो । सो अवसरमा बोल्दै काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले स्वस्थ्य जिवन र सकरात्मक सोचका लागि खेलकुदले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । राष्ट्रलाई विश्वसामु चिनाउनका लागि खेलकुद गतिविधी बढाउदै लैजानुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा काठेखोला गाउंपालिका वडा नम्वर ५ का अध्यक्ष शिव प्रसाद कडेंल ,कला तथा खेलकुद विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य टिका संगम बिक, ,कार्यपालिका सदस्य हेमलाल विक, अमर माध्यमिक बिद्यालयका प्रधानाध्यापक भिष्म कडेंल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रम ंस्थाका अध्यक्ष कृष्ण प्रसाद कडेंलको अध्यक्षता,खेलकुद संयोजक रोम क्षेत्रीको स्वागत मन्तब्य र सचिव सन्चोष पुनको संचालनमा सम्पन्न भएको थियो ।