यातायातको पुरानै भाडा लिन बागलुङ प्रशासनको आग्रह

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, मंसिर १८ २០७७

जिल्ला प्रशासन कार्यालय बागलुङले अन्तर जिल्ला संचालन हुने यातायातको भाडा समायोजन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठेकले जिल्लामा संभालन हुने यातायातको भाडा समायोजन गरेको हो । जिल्लामा संचालन हुने सवारी चालकहरुले पुरानै भाडा दर लागु गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।
उहाँले कोभिड–१९ लाई ध्यानमा राखी सरकारले बनाएको स्वास्थ्य मापदण्डलाई पालना गरी यात्रा गर्न आग्रह गर्नुभयो । कुनै पनि चालकले तोकिएको भाडा दरभन्दा बढि असुलेमा कडा कारवाही गरिने उहाँको भनाई थियो ।
चालकले अनिर्वाय रुपमा यात्रा गर्ने स्थानहरुको भाडा दरसहित यात्रुले देख्ने गरि टाँस्नु पर्ने उहाँले बताउनुभयो । सरकारले कोरोना भाइरसका कारण सिट क्षमताभन्दा कम यात्रु राख्न र तोकिएको भाडाभन्दा बढी लिन अनुमति दिएको थियो ।