शुभकामना !

हरिनारायण गौतम / प्रकाशित मिति :
बिहिबार, कार्तिक २७ २០७७

आज कात्तिक २७ अर्थात आञ्चलिक दुत बनेर धौलागिरीको आकाशमा नयाँ विधुतिय तरंग तरंगित भएको दिन हो । सरकारी मिडिया रेडियो नेपालले विधुतिय तरंगमा एकछत्र राज चलाईरहेको वेला धौलागिरीमा पहिलो पटक वि.सं. २०६१ कात्तिक २७ गते धौलागिरी एफएम सञ्चालनमा आयो । सूचना र सञ्चारमा सर्वसाधारण नागरिकको पहुँच नभएको वेला ‘विकट र निकटका खबरहरु’ सहजैरुपमा उनीहरुको विचमा पुराउने एफएमको पवित्र उदेश्य थियो । त्यही उदेश्यले तत्कालिन धौलागिरी अञ्चलका नागरिकमा आशा, उत्साह र खुशीको वाहर छाएको थियो । ‘सही समयमा सही सूचना पाउने’ नागरिकको अधिकारलाई प्रत्याभूत गराउन एफएम अविचलित रुपमा लागिरहेको छ । नागरिकप्रतिको कठिन तर अपरिहार्य दायित्व ‘जिम्मेवार पत्रकारिता’ यसको कर्म हो । कर्ममा नचुक्ने जिम्मेवारी वहन गर्नुपर्ने हाम्रो यात्रा छ । हाम्रो संकल्प, प्रतिवद्वता र पवित्र उदेश्यमा ठेस आउन नदिन आवाजको दुनियाँमा एफएमको अनुक्रमा यसरी नै चलिरहने नै छ ।
तत्कालिन द्वन्द्वमा दुवैतिरबाट नागरिकका आवाज कुण्ठित भइरहेको वेला पनि हामीले कुनै आस्था, विचार र वादको चश्मा लगाएनौं । स्वार्थ समुहको चाहना र दवावमा प्रभावित भएनौं । तथ्यमा आधारित सत्यलाई कहिलै मोडेनौं । नागरिकप्रतिको कर्मले हामीलाई कहिलै पनि आजित, निराश र विचलित हुन दिएन् । हजुरहरुको अथाह माया, विश्वास र भरोसाले आज हामी १७ औं बर्षमा प्रवेश गरेका छौ । हाम्रो सन्तुलित भूमिकामा श्रोताहरुको निरन्त्तरताको शुभेच्छा छ भन्ने हामीले राम्रोसंग बुझेका छौ । रेडियो सेटमा भरपर्नु उवेलाको समयबाट अहिले दुनियाँ एउटा मोवाईलमा कैद भएको छ । प्रविधिको दु्रत विकासले चूनौती पनि थपिएका छन् । हुन त विगत र बर्तमानभन्दा भविष्य अलि बढि जोखिम र चूनौतिपूर्ण हुन्छ । यो स्वभाविक पनि हो । त्यही सत्य बुझेर नै हामीले हाम्रा सवै कार्यक्रमलाई धौलागिरी एमएम अनलाईन (मजबगबािm ) र धौलागिरी एफएम एप्स मार्फत संसारका सवै कुनामा पुराएका छौ । हजुर जहाँ भएपनि हामीलाई सुन्न सक्नुहुन्छ ।
श्रोताले जस्तो किसिमको सूचना, शिक्षा र मनोरञ्जन चाहन्छन, त्यही किसिमको सञ्चार सामग्री उत्पादन गर्नुपर्ने जिम्मेवारी समबन्धित मिडियाको नै हो । मिडियाका सम्पतीको रुपमा रहेका श्रोतालाई रमाउने सक्ने गरी सुगन्धित फुलवारी बनाउने प्रयत्नमा हामी छौ । समय सापेक्ष योजना निर्माण, स्तरीय कार्यक्रम, दक्ष जनशक्ति, चुस्त टीमबाट सज्जित राम्रो मिडिया खोज्ने र रोज्ने हजुर श्रोताहरु र शुभेच्छुक हुदाँसम्म धौलागिरी एफएमले आफ्नो भविष्य र आयुवारे चिन्ता गर्नुपर्छ भन्ने हामीलाई लाग्दैन् । यो एफएम धौलागिरीकै अगुवा र जेठो रेडियो हुनुको जिम्मेवारी र गहिरो दायित्ववोध विर्सेका छैनौं । १७ बर्षे हाम्रो यात्रामा साथ र सहयोग दिने सवै सवैप्रति नमन गर्दै बार्षिकोत्सवको अवसरमा श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक र सहकर्मी सवैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु । धन्यवाद ।

हरिनारायण गौतम
अध्यक्ष