पर्वतको फलेवासमा तिन महिने सिलाई कटाई तालिम शुरु

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
आइतबार, कार्तिक २३ २០७७

पर्वतको फलेवास नगरपालिका वडा नम्वर ३ शंकरपोखरीमा तिन महिने सिलाई कटाई तालिम शुरु भएको छ ।
पुर्कोटका दलित वस्तीका नागरिकहरुलाई लक्षित गर्दै स्वरोजगार तथा ब्यवसायी बनाउने उद्देश्यले तिन महिने सिलाई कटाई तालिम शुरु भएको हो
उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशको सहयोगमा क्रियटिभ इन्नोभेशन ईन्टरप्रिनरसीप नेपाल प्रालि र ईक्वेल एक्सिस ईन्टरनेशनल प्रालि बनेपाले तालिम सञ्चालन गरेका हुन् ।
तालिमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेश सरकारले अतिबिपन्न वर्गहरुलाई लक्षित गरी स्वरोजगार तथा व्यवसायीकमुलक तालिम प्रदान गर्दै गरिबहरुले आर्थिक उपार्जनको बाटो चाँडै प्राप्त गर्ने गरी योजना बनाएको बताउनुभयो ।
फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले तालिममा सिकेको सिपलाई व्यवसाय थालेर जिविकोर्पाजनको पाटो अपनाउने गरी तालिम लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य बाबुराम सुनार, नेपाली कांग्रेसका वडा सचिव शिवप्रसाद तिवारी, लघुउद्यम महासंघका केन्द्रय अध्यक्ष केशाकुमारी दर्जी, शिक्षक प्रदिप भुषाल, क्रियटिभ इन्नोभेशन ईन्टरप्रिनरसीप नेपाल प्रालिका चन्द्र नेपाली, उद्यमी वुद्धी पुर्जा, समुहको तर्फबाट लक्षु दर्जी लगाएतले मंतव्य व्यक्त गर्नु भएको थियो ।