बागलुङका ८ सहित गण्डकीमा १ सय ९१ जना संक्रमित थपिए

धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति :
शनिबार, कार्तिक २२ २០७७

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारीगरेका फरक फरक बिज्ञप्ती अनुसार सात जिल्लाका संक्रमित पहिचान भएको उल्लेख छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको हो । कास्कीका १ सय २५, गोरखाका ३०, लमजुङका १०, बागलुङका ८, स्याङ्जाका ३ र पर्वतका २ जनामा पोजेटिभ देखिएको हो । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ८९ सय ३० पुगेको छ । तीमध्ये ४८ सय ३५ जना निको भएका छन् । गण्डकीमा हालुम्म संक्रमितमध्ये १ सय जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १ १ जना छन् ।