अनेरास्ववियुको बागलुङ कमिटि संयोजकमा काउचा चयन

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बिहिबार, असोज २२ २០७७

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले पूर्णता पाएको छ । तत्कालिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच एकता भएको लामो समयपछि कमिटिले पूर्णता पाएको हो ।
केन्द्रले जिल्ला संयोजक र सह–संयोजक टुंगो लगाएको भएपनि एकता प्रक्रियापछि कार्यालय सदस्य र जिल्ला सदस्यहरुको टुंगो लागेको थिएन । मंगलबार बसेको दुबै कमिटिका सदस्यहरुको बैठकले ५१ सदस्यीय जिल्ला कमिटि बनाएको छ ।
जिल्ला संयोजक मिलन काउचा मगर र सह–संयोजक शेखर खड्काले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाको एकता प्रक्रिया टुंगिएको उल्लेख गरेका छन् । जिल्ला कार्यालय सदस्यहरुमा दिनेश थापा, शिव शर्मा, रविना सुनार, खिमानान्द कँडेल र प्रविण सापकोटा चयन भएका छन् । कमिटिमा कार्यालयबाहेक ४४ जना सदस्य रहेका छन्