यसवर्षको सोह्रश्राद्धमा कागबेनी सुनसान

/ प्रकाशित मिति :
शुक्रबार, असोज १६ २០८३

 

बागलुङ, १६ असोज – सोह्रश्राद्ध सुरु भएसँगै पितृतर्पण गर्न दैनिक हजारौँको सङ्ख्यामा तीर्थालुको भिड लाग्ने गरेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा अवस्थित कागबेनी अहिले सुनसान छ।

विनाशकारी भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण भदौ महिनामा तीर्थालुको चहलपहल ह्वात्तै घटेको मुस्ताङमा गत असोज ८ देखि ११ गतेको वर्षाका कारण राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडकखण्ड बाढीपहिरो र नदी कटानका कारण अवरुद्ध भएपछि तीर्थालुविहीन भएको छ ।

बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण बेनी–जोमसोम सडकखण्डको ७९ किलोमिटरमा पैदलयात्रा गर्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो।

कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्ध स्थलमा पितृतर्पणका लागि कोरोना समयमा सबैभन्दा न्यून रहेको वडाध्यक्ष कर्म घ्यचो गुरुङले बताउनुभयो।

वडाध्यक्ष गुरुङका अनुसार मुस्ताङभित्र रहेका कर्मचारी, रोकिएका नेपाली तथा भारतीय तीर्थालु कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पणका लागि आउने गरेका छन्।
मुस्ताङमा यस पटकको सोह्रश्राद्ध अवधिभर तीर्थालुको आगमन दशकौँपछिको पहिलो भएको बताइएको छ।

।कोरोना, गतवर्र्षको जेनजी आन्दोलन र यस पटक बाढीपहिरोका कारण सङ्ख्या ह्वात्तै घटे पनि अन्य समयमा तीर्थालु आउने गरेका छन्। यस वर्र्ष सोह्रश्राद्धको अन्तिम दिन अर्थात् औँसीसम्म सडक सञ्जाल खुल्ने सम्भावना न्यून छ।

बेनी–जोमसोम–कागबेनी सडकखण्ड अन्तर्गत म्याग्दी खण्डमा पक्की पुलसहित सडकखण्डमा १९ स्थानमा ठुलो क्षति भएको छ। कागबेनीमा पितृतर्पणका लागि अन्य समयमा पनि अनुकूल हुने भएकाले सडक सञ्जाल खुलेपछि भिड लाग्ने अनुमान गरिएको छ ।