रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ ।
गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको तालिममा गाउँपालिकाका ८ वटै वटाका २९ जनाको सहभागीता रहेको थियो ।
तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले ग्रामीण भेगमा लुकेर रहेका समस्या र सम्भावनाहरुको उजागर गर्न स्थानीय तहमा पत्रकारीताको आबश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले जिल्लाको पत्रकारीता क्षेत्रको विकासको लागि मिडिया सोसाईटी र पत्रकार महासंघसंगको सहकार्यलाई गाउँपालिकाले जोड दिएको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले संघिय संरचना अनुसार हरेक स्थानीय तहमा पत्रकारीताको पहुँच बढाउनको लागि महासंघले अभियान सञ्चालन गरेको बताउँदै नयाँ पत्रकार उत्पादनमा तालिम सहयोगी बन्ने बताउनुभयो ।

तालिममा समापन सोसाईटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता र सचिब अमित विश्वकर्माको सञ्चालनमा समापन सम्पन्न भएको थियो ।