काँठेखोला –२ भीमापोखरा रकेट चुलोयुक्त गाउँ घोषणा

#९ सय ९१ घरधुरीलाई निःशुल्क चुलो वितरण
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, पुस १५, २०७५

बागलुङ जिल्लाको काँठेखोला–२ भीमापोखरागाउँ बागलुङमा पहिलोपटक रकेट चुलोयुक्त गाउँको रुपमा परिणत भएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुर र उर्जा केन्द्र नेपाल प्रा.लि.बालाजुको सहयोगमा वडा कार्यालयले भीमापोखराका सवै घरधुरीलाई वातवरणीय उर्जा संचित रकेट चुलो प्रदान गरेपछि भीमापोखरा रकेट चुलायुक्त गाउँ घोषणा भएको हो ।

करिव ५८ लाखको लागतमा तयार गरिएका रकेट चुलो सवै घरधुरीलाई एक एक वटा प्रदान गरिएको र यसले उर्जा खपत गर्नुका साथै वातावरणमैत्री धुवारहित समाज निर्माण गर्न सहयोग पुराउने उर्जा केन्द्र नेपाल प्रा.लि.का बजार प्रबन्धक सूर्य गौतमले वताउनु भयो । कुल लागतको ५० प्रतिशत रकम वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोग रहेको र बाँकी रकम कम्पनीले सहयोग गरेको वडाअध्यक्ष विद्यापति शर्माले वताउनु भयो ।

रकेट चुलो वितरण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सांसद इन्द्रलाल सापकोटाले मानिसको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको रकेट चुलो वितरण कार्यक्रमले भान्सालाई समेत धुवारहित बनाउने वताउनु भयो । रकेट चुलोबाट पकाईएको खाना स्वादिष्ट हुनुका साथै उर्जा संचिति भई बनविनास हुनबाट समेत जोगिने वताउदै सांसद सापकोटाले यसको समायोजन गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै काँठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापाले उर्जाको महत्व सिकाउन वडाभरी नै रकेट चुलो वितरण गरिएको वताउदै यो कार्यक्रमलाई काँठेखोलाका अन्य वडाहरुमा पनि विस्तार गरिने वताउनुभयो । स्वच्छ चुलो कार्यक्रम किसानहरुसंग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई सहयोग गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र उर्जा केन्द्र नेपाललाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य तथा धौलागिरी एफएम प्रा.लि.का अध्यक्ष हरिनारायण गौतमले रकेटचुलो प्रविधियुक्त भएको र यसलाई सिंगो गाउका सवै घरपरिवारलाई वितरण गर्नु राम्रो कामको सुरुवात भएको वताउनुभयो । यसलाई जिल्लाका अन्य वडाहरुले पनि संयोजन गरेर वितरण गर्ने सकेमा सकरात्मक प्रभाव पार्ने वताउनुभयो ।

वडा कार्यालयले निःशुल्क चुलो वितरण गरेर आफुहरुलाई सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै स्थानीय वृद्ध अलु सुनारले आफुहरुले जीवनमा पहिलोपटक नौलो अनुभुती भएको वताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम, भीमापोखरा युवा क्लव विवाईसीका अध्यक्ष मणीभन्द्र शर्मा, स्थानीय समाजसेवी रामप्रसाद शर्मा, शशीधर शर्मा, शिक्षक लीलाराम सापकोटा, चन्द्रमणि उपाध्याय, गंगादेवी शर्मा, चित्र कार्की, सुवास गौतम लगायतले स्थानीयलाई चुलो प्रदान गरेका थिए । उक्त चुलो सवैघरधुरीलाई पुराउने लक्ष्यका साथ शनिवारबाट वितरण सुरु गरिएको र वाँकी घरधुरीलाई आईतवार र सोमवार पनि वितरण गरिने सहजकर्ता राम प्रसाद शर्माले वताउनुभयो ।

वडाअध्यक्ष विद्यापति शर्माको अध्यक्षतामा भएको निःशुल्क चुलो वितरण कार्यक्रमको सञ्चालन सुर्य वहादुर थापाले र स्वागत वडा सचिव विष्णु प्रसाद शर्माले गर्नु भएको थियो ।