काफलडााडामा पूर्व विद्यार्थीद्धारा पााच लाख रुपैयाा सहयोग

-- Dhaulagiri Fm / प्रकाशित मिति : सोमवार, पुस २, २०७५

म्याग्दीको अन्नपूर्ण गाउापालिका ८ काफलडााडाका एक व्यक्तिले आफूले शिक्षा हाासिल गरेको तीन वटा सामुदायिक विद्यालयलाई पााच लाख रुपैयाा भन्दा बढी सहयोग गर्नुभएको छ ।
काफलडााडाको थपना घर भई हाल हङकङमा बस्दै आउनुभएका देवेन्ऽ पुर्जाले तीन वटा विद्यालयलाई चार लाख ९९ हजार ६०५ रुपैयाा सहयोग गर्नुभएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो ।
काफलडााडा आधारभुत विद्यालयलाई तीन लाख ३३ हजार, राम्चेको देउराली आधारभुत विद्यालयलाई एक लाख ११ हजार १०० र जलजला गाउापालिका १ बाासखर्कको ज्योतीमण्डल माविलाई पचपन्न हजार ५०५ रुपैयाा सहयोग गर्नुभएको हो ।
आफ्नो जन्मथलोमा आएका पुर्जाले शनिबार घरमै एक कार्यक्रमको आयोजना गरेर विद्यालयका प्रतिनिधिहरुलाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जाले काफलडााडाको सुर्याेदय युवा कल्वलाई ३५ हजार पााच हजार रुपैयाा सहयोग गर्नुभएको छ ।
आफूले अध्ययन गरेको विद्यालयको शैक्षिक र भौतिक विकासमा मद्दत पुगोस भनेर सहयोग गरेको पुर्जाले बताउनुभयो । प्राप्त सहयोग निजी स्रोतका शिक्षकको तलबभत्ता, शैक्षिक गतिबिधि र भौतिक पूर्वाधारको क्षेत्रमा परिचालन गरिने विद्यालयहरुले जनाएका छन् ।
पुर्जाले प्रवासमा रहेर पनि आफ्नो जन्मथलोको शैक्षिक, पर्यटन, सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्नुभएको राम्चेका अगुवा फसबहादुर गर्बुजाले बताउनुभयो । पुर्जाले वि.स २०५० मा काफलडााडामा पुन समुदायको कुल देवता करवाकेलीको थान निर्माणको अवधारणा अघि सार्नुभएको थियो ।
केही वर्षअघि समुदायले एक करोड रुपैयाा भन्दा बढी सहयोग जुटाएर करवाकेलीको थान र अन्य पूर्वाधार निर्माण गरिसकेका छन् ।