पोखरादेखि पञ्चासेसम्म केबुलकार बन्ने

-- जिवन थापा मगर / प्रकाशित मिति : शनिबार, कार्तिक १७, २०७५

पर्वतको मोदी गाउापालिकामा पर्ने पञ्चासे क्षेत्रमा पर्यटन पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माणको प्रक्रिया सुरुवात भएको छ ।
आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड बन्दीपुर केबुलकार प्रालि र पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडले निर्माण गर्न लागेको केबुलकारका विषयमा मोदी गाउापालिकामा उक्त छलफल भएको हो । कम्पनीले झन्डै १० अर्बको लगानीमा पोखरा महानगरपालिका–२२ घाटिछिनादेखि मोदीगाउापालिका ८ चित्रेसम्म केबुलकार निर्माणको परियोजना तयार पारेको छ ।
झन्डै ८.६ किलोमिटरको दूरीमा निर्माण गर्न लागेको उक्त केबुलकार निर्माण र पर्यटन प्रवद्र्धनका विषयमा गाउापालिकाको आयोजनामा गाउापालिकाकै पर्यटकीय गाउा चित्रेमा उक्त छलफल भएको हो ।
केबुलकार निर्माणसागै पर्यटन प्रवद्र्धनका लागि कम्पनीले शहीदपार्क, होमस्टे, रिसोर्ट, फनपार्कसमेत निर्माण गर्दै पञ्चासेदेखि चित्रेसम्म जिप सवारी गर्ने प्रस्तावसमेत पेस गरेको छ । कम्पनीले कुल लागतमध्ये ३ अर्ब सेयर भने स्थानीयलाई दिने गरी परियोजना प्रस्तावसमेत तयार पारेको छ ।
कम्पनीले पेस गरेको प्रस्तावउपर गाउापालिकाका पदाधिकारी र जनप्रतिनिधिका बीचमा अन्तक्र्रियासहितको छलफल कार्यक्रमको आयोजना गरिएको थियो । मोदीगाउापालिका जिल्लाकै पर्यटकीय सम्भावनायुक्त क्षेत्र हो ।
पञ्चासे कास्की र पर्वतको सिमानामा रहेको उच्च लेक हो । वनस्पति र बहुमूल्य जडीबुटीसमेत रहेको उक्त क्षेत्रको समीपमा होमस्टेसहितको पर्यटकीय गाउा चित्रे पर्दछ । गाउापालिका अध्यक्ष प्रेम पौडेलले परियोना प्रस्तावउपर टिप्पणी गर्दै मोदीगाउापालिका सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
अध्यक्ष पौडेलले पर्यटकीय सम्भावनायुक्त चित्रे र पञ्चासे क्षेत्रको विकासबाट मोदी गाउापालिकाले प्रशस्त पर्यटक भित्र्याउन सक्ने भएकाले यसले गाउापालिकाको सर्वांगीण हित गर्ने कुरा उल्लेख गरे । कार्यक्रममा मोदी गाउापालिकाका प्रवक्ता विमल लामिछानेले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि सम्भव भएको कुरा उल्लेख गर्दै परियोजना सम्भव भएको कुरा उल्लेख गर्नुभयो ।