ऐतिहासिक नर्साङ गुम्बाको जिर्णोद्धार

-- जिवन थापा मगर / प्रकाशित मिति : बुधबार, कार्तिक ७, २०७५
करिब तीन करोडको लागतमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउापालिका १ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको नर्साङ गुम्बाको जिर्णोद्धार भएको छ ।
बौद्ध धर्मका गुरु रिम्पोछेले हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल मुक्तिनाथमा एक हजार २ सय ५० वर्ष पहिले नर्साङ गुम्बा स्थापना गरेको इतिहास छ ।
सरकारी निकायको साथै विभिन्न संघ संस्था र व्यक्तिबाट सहयोग जुटाएर दुई करोड ८५ लाखको लागतमा गुम्बा जिर्णोद्धार गरिएको मुक्तिनाथ क्षेत्र विकास एवं स्थानीय संरक्षण समितिका अध्यक्ष हिराबहादुर ठकुरी (वाङ्वेल लामा)ले जानकारी दिनुभयो ।
अध्यक्ष ठकुरीका अनुसार पुरातत्व विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति, मुक्तिनाथ क्षेत्र विकास, स्थानीय संरक्षण समिति, जलउत्पन्न प्रकोप ब्यवस्थापन कार्यालय बागलुङलगायतका निकायबाट अनुदान प्राप्त भएको थियो ।
’भक्तजनले गुम्बामा चढाएका मुर्तिको हिसाब पुनर्निर्माणमा जोडिएको छैन, ठकुरीले भन्नुभयो, ’स्वदेशी दाता र सरकारी निकायको मात्र सहयोगमा जिर्णोद्धार गरेका हौ ।’ ढुङ्गा माटोले बनेको गुम्बा पानी चुहिने र पर्खाल भत्किने अवस्थामा पुगेको थियो ।
गुम्बा जिर्णोद्धारका लागि समुदाय स्तरबाट आठ वर्षअघि स्थानीय संरक्षण समिति गठन गरेर पहल गरेका थिए । हिउा र पानी परिरहने भएकाले गुम्बाको संरचनालाई बलियो बनाउन माटो कुटेर एक मिटर चौडाई भएको पर्खाल बनाइएको छ।भने गुम्बाको पुरानो स्वरुपलाई यथावत राखिएको छ ।
गुम्बाको कात्तिक १ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, वौद्ध धर्मगुरु धुइजोम साङवे पेमा स्हेपा सिम्पोछे र पुर्व मुस्ताङी राजकुमार जिग्मी सिङ्गी प्रबल बिष्टले उद्घाटन गर्नुभएको थियो ।