शंखधरको १६औा साधारसभा

-- जिवन थापा मगर / प्रकाशित मिति : आइतवार, अशोज २८, २०७५

शंखधर बहुमुखी सहकारी संस्थाले गत आर्थिक वर्षमा १० करोड ७२ लाख ९५ हजार रुपैयााको कारोवार गरेको छ ।
संस्थाको शनिबार सम्पन्न १६औा वार्षिक साधारणसभा कोषाध्यक्ष टुप्लाप्रसाद क्षेष्ठ सो कारोबारको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
साधरणसभाको उद्घाटन पछि बोल्दै प्रतिनिधिसभा सांसद मन कुमारी के.सीले सहकारीको पूाजीलाई उत्पादन र रोजगार सिर्जनाको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोडदिनुभयो । सहकारी विकास निर्माण र जनसहभागीताको नमुना मोडल रहेको उल्लेख गर्दै सांसद केसीले समृद्धिको यात्रामा सहकारी अपरिहार्य तत्वभएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतम , बहुउद्देश्य सहकारी संघका अध्यक्ष दुर्गा कुावर , नेपाल भाषा मंका खलका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी , राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ , समाजसेवी देवबहादुर श्रेष्ठ, सेयर सदस्य प्रमिला राजभण्डारी र श्रीजय श्रेष्ठले बोल्नुभएको थियो ।
साधारण सभामा २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी , उत्कृष्ट कारोबारी, बचत कर्ता, असल ऋणी, उत्कृष्ठ कर्मचारी , जेष्ठ नागरिकलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष रतनप्रसाद श्रेष्ठको अध्यक्षता उपाध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको स्वागत र सचिव युक्तजंग राजभण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।