ढिकीचौरको १०६ घरधुरीमा खानेपानी विस्तार

-- बागलुङ / प्रकाशित मिति : सोमवार, भदौ ४, २०७५
बानपा–७ ढिकीचौरका १०६ घरमा धारा जडान बागलुङ नगरपालिका–७ ढिकिचौरका एक सय ६ घरमा खानेपानी सेवा विस्तार गरिएको छ । बागलुङ नगरपालिका र स्थानीयको संयुक्त लगानीका घरघरमा धारा जडान गरिएको हो । स्थानीयको ८ लाख र नगरपालिकाको ५ लाख रुपैयाँ लगानीमा तीन स्थानको मुलको पानी संकलन गरी घरघरमा धारा जडान गरिएको हो । खानेपानीको प्रदेश सांसद इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा उद्घाटन गनुभएको थियो । खानेपानी विस्तारको लागि बाटुले, कालीमाटी र पाँडेको खेतको मुलको पानी मुल ट्याङकीमा संकलन गरी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष होमनाथ गौतमले जानकारी दिनुभयो । मुख्य ट्याङकी भन्दा माथि रहेका १० घरमा पम्पीङ्ग प्रणाली जडान गरी पानी पु¥याइएको छ । उद्घाटन पछि बोल्दै संसाद इन्द्रलाल सापकोटा जनताको आधारभूत आवश्यकतामा प्रदेश सरकार प्रथामिकतामा राखेको बताउनुभयो । मेयर जनकराज पौडेल जनसहभागीता सहितको विकास दीगो र उपलब्धी मुलक हुने बताउँदै स्थानीय सरकार विकास निर्माण र पूर्वधार विस्तारमा केन्द्रीत भएको बताउनुभएको थियो । कार्यक्रममा बानपा–७ का वडाध्यक्ष खगराज पाण्डे, बानपा–६ का अध्यक्ष खेमराज सापकोटा, धुर्व केसी, इन्जिनियर गौरव शर्मा, बारका सल्लाहकार हरिप्रसाद शर्मा, प्रेस चौतारी नेपालका सचिव रामकृष्ण शर्मा, विश्वकर्मा माविका प्रधानध्यापक युगेन्द्र खनाल लगायतले बोल्नुभएको थियो । कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष होमनाथ गौतमको अध्यक्षता, रणकुमारी गौतमको स्वागत र हरि पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

Seen by Tara Babu, Hari Narayan, 3 more