तीन सय आसी गरिव परिचय पत्र वितरण

-- बागलुङ / प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५

बागलुङको काठेखोला गाउँपालिकाले आठ वटा वडाभित्र रहेका ३८० गरिव विपन्न परिवारलाई गरिव परिचय पत्र वितरण गरेको छ ।
गाउँपालिकाले १४९ अति गरिव, १३० मध्यम र १०१ परिवारलाई सामान्य गरिव परिचय पत्र वितरण गरेको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो ।
कार्यकारी अधिकृत विकका अनुसार आइतबारसम्म वडा–१ पालामा अति गरिव २०, मध्ये ८ र सामान्य गरी ३९, वडा–२ भीमापोखरामा अति गरीव १५, मध्यम १३ र सामान्य १२ गरी ४०, वडा– ३ धम्जामा अति गरिव २२, मध्यम २१ र सामान्य ११ गरी ५४ परिवारलाई गरिव परिचय पत्र वितरण गरिएको छ ।
त्यस्तै, वडा–४ मा अतिगरिव ३८, मध्यम ३३ र सामान्य १७ गरी ८८, वडा–५ विहुँमा अतिगरिव ११, मध्यम ११ र सामान्य १६ गरी ३८, वडा–६ मा अति गरिव ७, मध्यम ८ र सामान्य ६ गरी २१, वडा–७ रेशमा अति गरिव १२, मध्यम २० र सामान्य गरी ४७ परिवारलाई गरिव परिचय पत्र वितरण गरेको कार्यकारी विकले बताउनुभयो ।