समृद्धिका लागि काम गर्ने इच्छाशक्ति– मन्त्री लम्साल

-- बागलुङ / प्रकाशित मिति : शुक्रबार, भदौ १, २०७५

आर्थिक समृद्धिका लागि अब काम गरेर देखाउनुपर्ने बागलुङमा आयोजित कार्यक्रममा सहभागीले बताएका छन् ।
बागलुङबाट प्रकाशित ढोरपाटन दैनिकको पन्ध्रौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बागलुङका आर्थिक समृद्धि यात्रा विषय अन्तरक्रिया कार्यक्रममा सहभागीले आर्थिक समृद्धिको नारा खुरामा मात्र देखिएकाले काम काममा देखाउनुपर्नेमा जोड दिए ।
हामीलेसंधैं आर्थिक समृद्धिको मिठा कुरा मात्रै ग¥यौं तर त्यसका लागि कसरी काम गर्ने भन्ने तर्फमा हाम्रो अहिले पनि ध्यान गएको देखिदैन,’ उनीहरुले भने ‘बोलेर मात्र समृद्धि आउँदैन । काम गर्नुपर्छ । त्यसका लागि स्पष्ट योजना र त्यसलाई कार्यान्वयन गर्ने ईच्छाशक्ति हुनुपर्छ ।’ स्थानीय सरकार निर्माण भएको एक वर्ष र केन्द्र र प्रदेश सरकार बनेको आधा वर्ष पूरा हुँदासम्म आर्थिक समृद्धिको कुनै खाका तयार नभएको उनीहरुको गुनासो थियो ।
हामीले नयाँ संरचनाले आर्थिक समृद्धि ल्याउँछ, जनता खुशी र सुखी हुन्छन् भनियो,’ कार्यक्रममा सहभागीले भने,‘तर अहिलेसम्म त्यसको छनक कतै देख्न पाईएको छैन । बरु दोहोरो तेहरो करको मार खेप्नुपरेको छ ।’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको समृद्धिका लागि पर्यटनलाई मुख्य आधार बनाईएको बताउनुभयो । हामीले प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने बेला धेरै विज्ञहरुसंग छलफल ग¥यौं, धेरै थरी सुझावहरु आए,’ उहाँले भन्नुभयो ,‘हामीलाई सबैभन्दा उत्तम विषय पर्यटन लाग्यो र यसलाई हामीले पहिलो प्रथामिकता बनायौं । किनकी यसले धेरै जनतालाई स्वरोजगार बनाउँछ र धेरैसंज सजिलै पनि जोडिन्छ ।’
उहाँले बागलुङको ढोरपाटन, पञ्चकोट बागलुङ कालिका लगायतका क्षेत्रको प्रचार प्रसार प्रवद्र्धन गरी बढि भन्दा बढि पर्यटन भित्र्याउन सके बागलुङ समृद्ध हुन धेरै समय नलाग्ने दावी गर्नुभयो । पर्यटनको हिसाबले बागलुङमा धेरै सम्भावना छन्, त्यसलाई हामीले सही तरिकाले उपयोग गर्नुपर्छ,’ उहाँले भन्नुभयो ‘यहाँको आर्थिक विकास पर्यटनबाट सहजै अगाडी बढ्न सक्छ ।’
मन्त्री लम्सालले प्रदेश सरकारले जनतालाई प्रत्यक्ष अनुभूति हुनेगरी काम गर्न थालेको बताउनुभयो । प्रदेश सरकार अब दिन गनेर काम गर्छ, एक महिनामा, तीन महिनामा छ महिनामा एक वर्षमा र पाँच वर्षमा के कति काम गर्न सकिन्छ भनेर लक्ष्य निर्धारण गरेर काम गर्छौं,’ उहाँले भन्नुभयो अधिकारको विषयमा केन्द्र सरकारसंग अलिकति टसल छ । प्रदेश सरकार अधिकार सम्पन्न भयो भने हामीले संघियता सफल बनाएर देखाउँछौं ।’
मन्त्री लम्सालले एक वर्षभित्र प्रत्येक स्थानीय तहमा हेलिप्याड समेत निर्माण गर्ने बताउनुभयो । गण्डकी प्रदेशमा साढे तीन लाख जनसंख्या गरिबीको रेखामुनी रहेकाले उनीहरुलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
प्रदेश सांसद ईन्द्रलाल सापकोटाले बागलुङ चूनौती अवसरको बीचमा रहेको बताउनुभयो । हामीसंग प्रसस्त चूनौती छन् र आफ्नो ठाउँलाई बनाउने अवसर पनि छ,’ उनी भन्छन् ,‘मैले यो काम गरे है भनेर जनतालाई पाँच वर्षपछि के देखाउने भन्ने कुरामा अहिले देखि चिन्तीत छु ।’
प्रदेश सांसद कृष्ण थापाले कृषि पर्यटन र उर्जाबाट जिल्लालाई विकसित बनाउने सकिने तर्क राख्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक राजेन्द्र ढुङ्गाना, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, जैमिनी नगरपालिकाका मेयर ईन्द्रराज पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायले बागलुङको समृद्धिका लागि ठूला कुरा भन्दा पनि स—साना कामहरुबाट सुरुवात गर्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै धौलागिरि बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. सुदर्शन शिलवालले जिल्लाको माथिल्लो भागमा पशुपालन र तल्लो भागका कृषि व्यवसाय अपनाउनुपर्ने बताउनुभयो ।
बागलुङमा प्रसस्त खोलाहरु रहेका कारण उर्जा उत्पादनबाट पनि आर्थिक समृद्धि हाँसिल गर्न सकिने उहाँले तर्क गर्नुभयो । ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले अब जिल्लाको आर्थिक विकासका लागि बहसको सुरुवात गर्नु जरुरी छ भन्ने लागेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।