वर्षा कम भएपछि जहाज अवतरण सुरु, होल्डमा रहेका जहाज पालो पर्खंदै

-- धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, साउन २८, २०७५

काठमाडौं – ठूलो वर्षाका कारण आकाशमा होल्ड भएका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन थालेका छन् । अवतरणको लागि विमानस्थलले आन्तरिक उडानमा रहेका जहाजलाई पहिलो प्राथमिकता दिएको छ । विदेशबाट आएका जहाज अवतरणको पर्खाईमा आकाशमै घुमिरहेका छन् ।
एक्कासी ठूलो पानी परेकाले बिहान सवा १० बजेदेखि जहाज अवतरण हुन नसकेको हो । भिजिबिलिटी कम भएर अवतरण हुन नसक्दा बाहिरबाट आएका जहाज आकाशमै होल्ड भएका छन् । पानी कम हुन थालेकाले उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ ।