युवा शक्तिको उचित प्रयोग र सहि अर्थमा परिचालन गर्न नसक्दा देशको सम्बृद्धिमा चुनौती-प्रजिअ खरेल

-- धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले युवाहरुको सहभगिता विना विकास असम्भव रहेको बताउनुभएको छ ।
अन्तराष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समिति बागलुङ र बागलुङ नगरपालिकाको संयूक्त आयोजना तथा सिवाईसी नेपालको सहयोग एवं सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले युवाहरु परिवर्तनका संवाहाक भएको बताउनुभयो ।
प्रजिअ खरेलले परिवर्तनका लागि नयाँ सोच, उर्जा, चेतना, मौलिकता र गर्न सक्छु भन्ने आँट चाहिने र त्यसका लागि युवा अपरिहार्य भएको बताउनुभयो । नेपालमा युवा शक्तिको उचित प्रयोग र सहि अर्थमा परिचालन गर्न नसकिएकाले देशको समृद्धिमा चुनौती थपिरहेको प्रजिअ खरेलको भनाई थियो ।
कार्यक्रममा जिल्ला युवा समितिको कार्यालयका प्रमुख कुश्मराज उपाध्या, सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा, जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा लगायतले बोल्नुभएको थियो ।
सोही क्रममा जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका बागलुङका श्रोत व्यक्ती ढकवहादुर पुनले ग्लोबल सिटिजन विषयमा सहजिकरण गर्नुभएको थियो । सो अवसरमा अर्जुन ढकाल, मनिषा गौतम र अस्मिता शर्मालाई सम्मान गरिएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर कुँवरको अध्यक्षता युवा समिति बागलुङका प्रमुख उपाध्यायको स्वागत तथा सिवाईसी नेपालका प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
अन्तराष्ट्रिय युवा दिवस १९९९ देखि विश्वभरिका राष्ट्रहरुले उत्सवका रुपमा मनाउदै आईरहेका छन् । संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरुलाई स्थापीत गर्न प्रत्येक वर्षको १२ अगस्टलाई अन्तराष्ट्रिय युवा विसका रुपमा घोषाण गरेको छ । युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरुक गराउन यो दिवस घोषणा गरिएको हो ।