तंग्राममा पिकअप जिप दुर्घटना, एक गम्भिर घाइते

गंभीर घाइते बोलेन्द्रलाई थप उपचारको लागि पोखरा पठाईयो
-- धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

बागलुङको काठेखोला गाउँपालिकाको तंग्राममा आइतबार पिकअप जिप दुर्घटना भएको छ ।
धम्जाबाट बागलुङ तर्फ आउँदै गरेको ध १ ज ४८६९ नम्बरको पिक अप जिप काठेखोला गाउँपालिका ४ तंग्रामको देउराली भन्ने स्थानमा दुर्घटना हुँदा काठेखोला ३ धम्जाका ४१ बर्षिय बलेन्द्र बिक गम्भिर घाइते हुनुभएको छ ।
बाहिरी चोट नदेखिए पनि बोल्न नसक्ने अवस्थामा रहेका घाइते बिकलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा काठेखोला ३ कै १९ बर्षिय निशा बिक सहित दुई जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
सडक चिप्लो भएकाले दुर्घटना भएको बताइएको छ । जिप र जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।