विहुँमा बलत्कारको घटना सार्वजनिक

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

बागलुङको काठेखोला गाउँपाकिका–५ बिहुँ श्रीपालीमा ११ वर्षिय बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
११ वर्षिय बालिकालाई आफ्नै जेठा वुबाले भाद्र १५ गते दरखाने दिन आफ्नै घरमा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
बालिकाले आमालाई आफु जेठा बुवाबाट बलात्कृत भएको भने पछि आमाले मंगलबार प्रहरीमा उजुरी गर्नुभएको थियो । बालिकाको स्वास्थ्य परीक्षणको धौलागिरी अंचल अस्पताल पठाएको प्रहरी नायव निरीक्षक झविन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
घटनाका आरोपित फरार रहेको र मुद्दा दर्ता भए पछि खोजी कार्य हुने बताइएको छ । मेडिकल रिपोर्ट अनुसार मुद्दा अगाडी बढ्ने प्रहरीको भनाई छ ।