रणनितीक गुरु योजना बारे छलफल तथा सुझाव संकलन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

बागलुङको काठेखोला गाउँपालिकाले निर्माण गरेको २० बर्षे रणनितीक गुरु योजनाका वारेमा छलफल तथा सुझाव संकलन गरेको छ ।
काठेखोला गाउँपालिका र बिवाईसी बागलुङको साझेदारीमा निर्माण गरिएको २० बर्षे रणनितिक गुरु योजना र ३ बर्षे एक्सन प्लानका बारेमा छलफल तथा सुझाव संकलन गरिएको हो ।
काँठेखोला गाउँपालिका र बिवाईसी बागलुङको साझेदारीमा निर्माण हुने बिभिन्न १२ वटा बिषय र क्षेत्रगत बिकास निर्माणका वारेमा छलफल तथा सुझाव संकलनका लागि आयोजित कार्यक्रममा स्थानियले योजनाहरुलाई पारदर्शि रुपमा सम्पन्न गर्नुपर्ने सुझाव राखेका छन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन, पूर्वाधार निर्माण, बन बातावरण, समाजिक समावेसीकरण लगाएका योजना निर्माणका लागि रणनितिक योजना निर्माण गरिएको र यसको व्यवस्थापनका लागि बिवासीले १३ लाख ९५ हजार तथा गाउँपालिकाले ५ लाख २६ हजारको लागत तयार पारेर काम गर्ने समझदारी भएको पालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो ।
योजना सम्पन्न गर्ने बिषयमा राय सुझाव संकलनका लागि १ हप्ताको समय दिइएको र सो अवधीमा आएका राय सुझावलाई आधार बनाएर काम अगाडि बढाइने प्रमुख प्रशासकिय अधिकृत खिमबहादुर बिकले बताउनुभयो ।
कार्यक्रममा बिवासी बागलुङको तर्फवाट बिज्ञको रुपमा एक राना र डा. केशव गौतमले प्रस्तुतीकरण गर्नु भएको थियो भने कार्यवहाक अध्यक्ष मणिभद्र शर्माले योजना निर्माण गर्दाका प्रक्रिया र अवलम्वन गरिएको पद्धतीका बारेमा जानकारी गराउनु भएको थियो ।