दोस्रो चरणको जागरण अभियानको शुभारम्भ

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

नेपाली काँग्रेस बागलुङले दोस्रो चरणको जागरण अभियान मंगलबारदेखी सुरु गरेको छ ।
१०६ औं विपि जन्म जयन्तीका अवसर पारेर दोस्रो चरणको जागरण अभियान सुरु गरिएको हो ।
जनता, मतदाता र पार्टीका सवै निकाय÷तहका पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरु बिच जिवन्त सम्पर्क र समन्वय कायम गरी पार्टीलाई सक्रिय र सदृढ पार्ने उद्देश्यले केन्द्रिय समितिको निर्णय बमोजिम बागलुङमा पनि जागरण अभियान संचालन गरेको हो ।
जागरण अभियानका क्रममा मंगलबार जिल्लाका दुई निर्वाचन क्षेत्रका ४ प्रदेश निर्वाचन क्षेत्रमा अभियानको शुभारम्भ गरिएको छ ।
क्षेत्र नं. १ को (ख)मा जागरण अभियानको शुभारम्भ गर्दै नेपाली काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य किरणराज पौडेलले जागरण अभियान मार्फत हरेक गाउँ गाउँमा संगठन सदृढिकरण गरिने बताउनुभयो ।
उहाँले अहिलेको सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको हुँदा यो सरकारको आयु पाँच वर्षसम्म थेग्न कठिनाई भएको बताउनुभयो । कार्यक्रममा जागरण अभियानका लागि खटिएका केन्द्रिय प्रतिनिधि छन्दबहादुर पहराई, काँग्रेस बागलुङका कार्यबहाक सभापति नवराज पौडेल, महासमिति सदस्य भिम श्रीष, कल्पना हमाल पाठक जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेल लगायतले जागरण अभियानले गाउँगाउँमा संगठन मजबुद बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम क्षेत्र नं. १ (ख)का जेष्ठ क्षेत्रीय सदस्य खुमराज पराजुलीको अध्यक्षता, काँग्रेस जैमिनी नगरपालिका संयोजक काशिराम आचार्यको स्वागत र क्षेत्रीय कोषाध्यक्ष विजय अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।
त्यसै गरी क्षेत्र नं. १ को प्रदेश (क) अन्तरगतको लेखानीमा कार्यक्रम भएको छ भने क्षेत्र नं. २ को प्रदेश (क)को गलकोट र (ख)को बुर्तिबाङबाट अभियान शुभारम्भ भएको कार्यबहाक सभापति पौडेलले जानकारी दिनुभयो ।
जिल्लाका सवै क्षेत्रमा युवा केन्द्रित विशेष संवादको सहजीकरण गर्ने स्थानिय तहको दुई वर्षको समिक्षा र वडा स्तरीय अन्तरक्रिया लगायतका कार्यक्रमहरु संचालन हुने काँग्रेस बागलुङले जनाएको छ ।