माछापुच्छे बैकंद्धारा मार्फामा शाखा रहित बैंकिङ सेवा बिस्तार

-- सुन्दरकुमार थकाली/मुस्ताङ / प्रकाशित मिति : बुधबार, साउन २३, २०७५

लोकप्रिय ‘क’ बर्गको बित्तिय संस्था माछापुच्छे बैकंले मार्फामा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ ।
मुलुकमा संघीयता कार्यान्वय संगै बैङ्कले स्थानीय स्तरमा जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने उद्देश्य सहित शाखा रहित बैंकिङ सेवा संञ्चालन गरेको गरेको शाखा प्रमुख बिकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार माछापुच्छ«ेले देशका विभिन्न स्थानमागरी २२ वटा स्थानमा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको र यसै सन्र्दभमा पर्यटकिय गाउँ मार्फामा पनि सुरुवात भएको जनाए ।
बैङ्ककी जोमसोम शाखा प्रमुख कृष्मा श्रेष्ठका अनुसार माछापुच्छ«ेले मार्फापछि उपल्लो मुस्ताङको लोमान्थाङ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र थासाङ गाउँपालिकाको लेतेमा क्रमशः शाखा रहित बैंकिङ सेवा संञ्चालन गर्ने तैयारी रहेको जानकारी दिईन् । उनले शाखा रहित बैंकिङ सेवा भएपछि गाउँका किसानले घरदैलोमै १ लाख देखि १० लाख सम्मको आर्थिक कर्जा ऋण प्रक्रिया अघि बढाउन सक्ने बताईन् । बैदेशिक रोजगारका लागि बिभिन्न मुलक गएका नेपालीले पठाएको पैसा रेमिट्यान्स सेवा प्राप्त गर्न सदरमुकाम पुग्नुपर्ने झन्झटिलो पनाबाट मुक्ति पाउने भएका छन् भने सामाजिक सुरक्षा भत्ता अन्तर्गत सरकारले उपलब्ध गराउने आर्थिक रकम स्थानीय स्तरमै प्राप्त गर्न सकिने जोमसोम शाखाकी प्रमुख श्रेष्ठको भनाई छ ।
मंगलबार एक औपचारिक कार्यक्रम गरेर बैङ्कले २२ औ शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको जनाएको छ । पोखरा बगर शाखाका प्रमुख मनोजराज घिमिरे ,जोमसोम शाखाकी प्रमुख कृष्मा श्रेष्ठ ,पम्फा थकाली र शाखा रहित बैङ्क सेवाका प्रमुख बिकास श्रेष्ठको टोलीले शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको हो ।सो अवसरमा घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली र स्थानीय लामा गुरुले शाखा रहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् । घरपझोङ अध्यक्ष थकालीले शाखा रहित बैङ्क सेवाले जनतालाई आर्थिक कारोवार सहजता पु¥याउने बिश्वास व्यक्त गरे ।