सरस्वती प्रा.वि.को २७ औैं बार्षिकोत्सब सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

सरस्वती प्रावि बानपा–७, ठाडास्वाँरा छरिखोलाको २७ औं बार्षिकोत्सब तथा अभिभावक भेला बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकारी गौरब राना मगरले शिक्षाको विकास बिना विकास र समृद्धि सम्भव नभएको भन्दै गुणस्तरीय र व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा स्रोतव्यक्ति लक्ष्मीकान्त पौडेल, समाजसेवी राम प्रसाद विश्वकर्मा, लक्ष्मण विश्वकर्मा, शशिधर गौतम, मेघनाथ गैरे, वडा सदस्य केशबबहादुर कार्की, विश्वकर्मा माविका प्रधानाध्यापक युगेन्द्र प्रसाद खनाल, शिक्षक लक्ष्मी शर्मा लगायतले मनत्व्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लिलाधर गौतमले आर्थिक बर्ष २०७५।०७६ को १३ लाख १५ हजार ७ सय ६८ रुपैयाँ बराबरको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष गुप्त बहादुर विकको अध्यक्षता, शिक्षक बिमला गौतमको स्वागत र शिक्षक केशबप्रसाद गौतमको संचालनमा सम्पन्न भएको थियो ।