बागलुङबाट १४ जनाले लिए बैवाहिक अंगिकृत नागरिकता

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

जिल्ला प्रशासन कार्यालय बागलुङबाट १४ जना विदेशी महिलाले बैवाहिक अंगिकृत नागरिकता लिएका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ मा नेपाली युवासँग बैवाहिक सम्बन्धमा बाँधीएका भारत, पाकिस्तान, पोर्जुगल, बेलायत लगायतका देशका महिलाले अंगिकृत नागरिकता प्राप्त गरेको हुन ।
वैवाहिक अंगीकृत नागरिता लिने अधिकांस भारतीय महिलाहरु रहेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।
नेपालको संविधान २०७२ को भाग–२ नागरिता सम्बन्धी व्यवस्थाको धारा ११ को उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिता लिने सक्ने व्यवस्था रहेको छ ।
प्रशासनले गतवर्ष ९ हजार २७० बंशजकोको आधारमा नागरिता, ४ हजार ८५५ प्रतिलिपी वितरण तथा २ हजार ७०० अभिलेखीकरण गरेको छ । प्रशासकीय अधिकृत पन्तका अनुसार गत वर्ष ३५ संस्था दर्ता, १७९ नवीकरण, एक हजार ४० नाबालक परिचय पत्र वितरण, ५७ ठाडो उजुर, ८४९ विविध सिफारिस, ९९ हातहतियार नवीकरण, ५६ जना तिब्बती शरणर्थीको परिचय पत्र नवीकरण तथा एक हजार ७४५ भुु.पु सैनिकको पेन्सन सिफारिस गरिएको थियो ।
प्रशासकीय अधिकृत पन्तका अनुसार संस्था दर्ताबाट ४ लाख ३३५, हातहतियार नवीकरणबाट ८२ हजार ९५०, राहदानी दस्तुरबाट तीन करोड १३ लाख ५ हजार, प्रशासनियक दण्डजरिवाना एक लाख १४ हजार, बेरुजु असुली ६ लाख एक हजार ६१४ तथा धरौटी २९ लाख ५ हजार ३५३ रुपैयाँ संकलन भएको छ ।
यसैबीच, बागलुङका विभिन्न सरकारी कार्यालयले बिहिबार पत्रकार सम्मेलनको गरी गतवर्षको प्रगति विवरण सार्वजनिक गरेका छन । जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाका विषयगत कार्यालयहरुले गत आर्थिक बर्षमा भएका गतिबिधिका बारेमा जानकारी गराएका हुन् ।
प्रशासन कार्यालयसंगै धौलागिरी अञ्चल अस्पताल, शहरी विकास तथा भवन निर्माण विभाग, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला निर्वाचन कार्यालय, तथ्याङक कार्यालय, जिल्ला आयोजना कार्यान्वयन इकाई, सडक कार्यालय लगायतका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले खर्च तथा प्रगतीका बारेमा जानकारी गराएका छन् । कार्यक्रममा जिल्ला स्थित सञ्चार माध्यममा कार्यरत पत्रकारहरुले जिज्ञासा राखेका थिए ।