म्याग्दीमा वडाध्यक्ष लाई मोसो र चप्पलको माला

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ ।
बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको हो ।
मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
’वडा कार्यालय विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ’, उहाँले भन्नुभयो, ’मोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ ।’
वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो ।
यसैबीच, बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापामा गरिएको दुव्र्यवहारप्रर्ति म्याग्दीका नेपाल कम्युनिष्ट(नेकपा) पार्टीले घोर भ्रत्र्सना गरेको छ ।
विहिबार वडाअध्यक्षप्रति सरकारद्धारा प्रतिबन्धित नेकपा (विप्लव) ले गरेको अराजनीतिक गतिविधि प्रति म्याग्दीका सांसद तथा जिल्ला नेताले भ्रत्र्सना गरेका हुन् ।
जनताको सेवाका लागि जनताको मतद्धारा निर्वाचित भएर खटिएका जनप्रतिनिधिप्रति गरिएको अमानविय व्यवहारप्रति गण्डकी प्रदेशका सांसद विनोद केसीले आपत्ती जनाएका हुन् । उनीहरुले कार्यकक्षमा रहेका वडाअध्यक्षप्रति स–प्रमाण प्रस्तुत नगरि गरिएको र्दुव्यहारप्रति आपत्ती जनाएका हुन् ।
नेकपाका अध्यक्ष गोविन्द्र पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, नेता देवेन्द्रबहादुर केसी, बेनी नगर कमिटि अध्यक्ष शेरबहादुर केसी लगायतका नेता तथा कार्यकर्ताहरुले जनप्रतिनिधिलाई अपमानजनक व्यवहार गर्ने विप्लवका कार्यकर्ताहरुलाई कारवाहीको माग गरेका छन् ।