प्रदेश विकास परिषदमा बागलुङका छ जना समावेश

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने गण्डकी प्रदेश विकास परिषदको सदस्यमा बागलुङका ६ को सदस्यमा चयन भएका छन् ।
प्रदेश सरकारको बैठकले बागलुङका गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली, बरेङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल, ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी रोका तथा खानी विज्ञको रुपमा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद शर्मालाई चयन गरेको राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले जानकारी दिनुभयो ।
प्रदेश नीति योजना आयोग गठन तथा कार्य संचालन आदेश २०७४ अनुसार बागलुङबाट ६ जना परिषदको सदस्यमा चयन गरिएको हो । कार्य संचालन आदेश अनुसार प्रदेश सांसदबाट १९, स्थानीय तहका प्रमुख वा उपप्रमुखबाट ३३ र विज्ञ २१ जना चयन गर्ने व्यवस्था छ ।