जनसहभागितामा नमूना ४ कोठे भवन निर्माण

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

स्थानीयको सक्रिय जनसहभागितामा बेनी नगरपालिका–४ सिंगा स्थित सरस्वती माविमा नमुना ४ कोठे भवन निर्माण भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई( शिक्षा ) म्याग्दीको अनुदान र स्थानीयको श्रमदानमा भुकम्प प्रतिरोधात्मक ४ कोठे भवन निर्माण गरिएको हो ।
जिल्ला आयोजना कार्यान्वयन इकाईको ३५ लाख ४४ हजार २ सय रुपैया, विद्यालयको आन्तरिक स्रोत १५ लाख ३१ हजार र १९ लाख ६४ हजारको श्रमदानसंगै ६९ लाख ८९ हजार ५ सय २ रुपैया कुल लागतमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो । आयोजनाको इकाइको ३ कोठे भवनको लागि स्विकृत भएपनि विद्यालयको आन्तरिक स्रोत र स्थानीयको सक्रियतामा ४ कोठे पक्की भवन निर्माण गरिएको थियो ।


भवन निर्माणमा अनुदान रकम बराबर विद्यालय र स्थानीयको सहयोगमामै गुणस्तर भवन निर्माण गरिएको बताइएको छ । १० संचालन भएको विद्यालयमा १० शिक्षकको तलव तातोपानी कुण्डको आम्दानीबाट ब्यवस्थापन गर्दै आएको प्रअ सुरतबहादुर बानियाँले जानकारी दिनुभयो ।