सातौ अधिवेशन तथा स्रोहै वार्षिक साधारण सभा सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

नेपाल लोकदोहोरी प्रतिष्ठान नेपाल बागलुुङको सातौ अधिवेशन तथा स्रोह्रै वार्षिक साधारण बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै लोकदोहोरी प्रतिष्ठानका पुुर्वकेन्द्रिय अध्यक्ष पुुरुषोत्तम न्यौपानेले लोकदोहोरीे प्रतिष्ठानका अनावश्यक राजनीतिक हस्तक्षेत गरेर लोकसँस्कृतिलाई धरापमा नपार्न आग्रह गर्नूभएको थियो ।
कार्यक्रममा वर्तमान उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रिय कोषाध्यक्ष दिपक खड्का, गण्डकी प्रदेश ततर्थ समितिका अध्यक्ष शङ्कर विरही गुुरुङ, कलाकार लक्ष्मण श्री, कालिका भगवती गुुठीका अध्यक्ष राजुु खड्का, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, लोकदोहोरी प्रतिस्थान पर्वतका अध्यक्ष दिपक गदाल, म्याग्दीका अध्यक्ष दिपेन्द्र घिमिरे लगायतले बोल्नुुभएको थियो ।
सोही अवसरमा लोकदोहोरी प्रतिस्थान बागलुुङका संस्थापक अध्यक्ष संजय पुुन र निवर्तमान अध्यक्ष पुुर्ण परियारलाई सम्मान गरिएको थियो ।
कार्यक्रम लोकदोहोरी प्रतिस्थान नेपाल बागलुुङका अध्यक्ष किरण थापाको अध्यक्ष, प्रथम उपाध्यक्ष गणेश पौडेलको स्वागत र सचिव ताराप्रसाद शर्माको सञ्चालन सम्पन्न भएको थियो ।