बन्यो श्रम कार्यालयको ‘सर्भर’

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

श्रम तथा रोजगार कार्यालय गण्डकीको सर्भरमा आएको समस्या अन्त्य भएको छ ।
२ दिनदेखि रोकिएको सेवा मंगलबार साँझदेखि सञ्चालनमा आएको छ । काठमाडौं केन्द्रीय विभागबाटै नयाँ सर्भर फेरेपछि समस्या समाधान भएको कार्यालय जनाएको छ ।
कार्यालयको आँखा स्क्यान गर्ने मेसिन ‘माइक्रो टिट डिभाइस’मा समस्या आएपछि आइतबारदेखि सबै सेवा ठप्प भएको थियो । डिभाइसमा समस्या आएका कारण सेवाग्राही मर्कामा परेका थिए ।
जसको प्रत्यक्ष कार्यालयमा श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई परेको थियो । डिभाइस कहिले बन्छ भन्नेबारे कर्मचारी नै अनभिज्ञ हुँदा दिनहुँ सेवाग्राहीले कार्यालयमै दिन बिताउन बाध्य थिए ।
श्रम तथा वैदेशिक रोजगार कार्यालयका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले ‘माइक्रो टिट डिभाइस’ विभागसँगै जोडिएको हुनाले त्यसमा खराबी आउँदा कार्यालयको सबै सेवालाई प्रभाव परेको जानकारी दिए । ‘यो डिभाइस विभागसँगै लिंक हुन्छ ।
साधारण नेटले सेफ नहुने भएकाले यो प्रयोगमा ल्याएका हौं,’ उहाँले भन्नुभयोे, ‘यसले बायोमेट्रिक आँखा चेक गर्छ । जुन यहाँको कम्प्युटर र विभागसँग सीधै जोडिएको हुन्छ ।’