मुस्ताङमा यार्तुङ महोत्सव ः घोडा दौडमा गुरुङ च्याम्पियन

-- धौलागिरी एफएम संवाददाता, मुस्ताङ / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै मुस्ताङमा आयोजित यार्तुङ महोत्सव २०७६ को साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ ।
लामो तथा छोटो दूरी गरी २ वटा विधामा प्रतियोगिता आयोजना भएको यार्तुङ आयोजकले जनाएको छ ।
घोडा दौडको लामो दूरीतर्फ चिम्ले अर्गा्निक फार्मका कर्म गुरुङको घोडा कुदाएका नाम्क्या गुरुङ च्याम्पियन भएका छन् । यस्तै वीरबहादुर विक दोश्रो र सोनम लामाको घोडा कुदाएका तोप्चेन गुरुङ तेश्रो हुनुभयो ।
लामो दूरीको घोडा दौड च्याम्पियनले नगद ५० हजार रुपैया, प्रमाणपत्र र ट्रफि पाए । दोश्रो र तेश्रो हुनेले ३० हजार र १५ हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे । यस्तै छोटो दूरीको घोडा दौडको च्याम्पियनमा ल्हाक्पा टसी (धारा च्यामिपयन बने । यस्तै, वीरबहादुर विक र राजकुमार विक दोश्रो र तेश्रो हुनुभएको थियो ।
उनीहरुले क्रमशः १५ हजार, १० हजार र तेश्रो हुनेले ५ हजारसहित ट्रफी र मेटल पाए । घोडा प्रतियोगितमा ७ जनाको टोली सहभागी थियो । झारकोटदेखि रानीपौवासम्मको करिब ३ किलोमिटर दूरीमा प्रतियोगिता आयोजना भएको वारागुङका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिनुभयो ।
घोडा दौड प्रतियोगिमा जमिनमा राखिएको खादा टिपेर घोडा कुदाउने कोशलता प्रर्दशन गरिएको थियो । यार्तुङ महोत्सवकै अवसरमा भएको सेभेन ए साइड फुटबल तथा परम्परागत तारा खेल (आर्चरी) प्रतियोगिता पनि बुधबार सकिएको छ ।
सेभेन ए साइड तर्फको फुटबल प्रतियोगितामा जनमुक्ति युवा क्लब ठिनी च्याम्पियन बनेको छ भने नर्साङ युथ क्लब छुसाङ उपबिजेतामै चित्त बुझायो । च्याम्पियन बनेको जनमुक्ति युथ क्लब ठिनीले नगद ५० हजारसहित ट्रफी र मेटल जित्यो भने उपबिजेता नर्साङ युथक्लब छुसाङले नगद २५ हजारसहित ट्रफी र मेटल हाता पा¥यो । प्रतियोगितामा कुल १२ टिमले सहभागीता जनाएका थिए ।
यस्तै, हिमाली क्षेत्रको ऐतिहासिक परम्परागत लोकप्रिय तारा खेल (आर्चरी) प्रतियोगितामा म्याग्दीको दाना युथ क्लब दाना च्याम्पियन बन्यो। प्रतियोगितामा ढुम्बा युथक्लब ढुम्बा र मार्फा सनराईज युथ क्लब दोश्रो र तेश्रो भए। ६ जना खेलाडी सम्मिलित प्रतियोगितामा कुल १५ टिमले सहभागीता जनाएका थिए ।