नेपाल कम्यूनिष्ट पार्टि रिघाको भेला तथा बैठक सम्पन्न

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गल्कोट नगरपालिका– ११ रिघाको वडा भेला तथा वैठक ठूलो रिघामा सम्पन्न भएको छ ।
भेलाको उद्घाटन गर्दै नेकपाका गण्डकी प्रदेश कमिटी सदस्य फमलाल न्यूरेले पार्टी संगठनलाई उत्पादन र जनसेवामा प्रयोग गर्नूपर्ने बताउनुभयो ।
त्यस्तै जिल्ला कमिटि सदस्य गंगा भुजेलले कार्यकर्ताको व्यवहार सिद्धान्त निष्ठावान हुनुपर्ने भन्दै पार्टि निर्माणमा लाग्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा गल्कोट नगरकमिटि अध्यक्ष ललित श्रीस थापा, नगरकमिटि सचिव डम्बर श्रीस, युवा नेता दान वहादुर श्रीस, पूर्व गाउँकमिटी अध्यक्ष धिरेन राजवंशिले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपाको टोल कमिटिको समेत गठन गरिएको थियो । साविक वडा नं. ४ मा खिम बहादुर विकको संयोजकत्वमा ४५ सदस्यिय टोल संगठन कमिटिको गठन गरिएको छ । कमिटीको सचिवमा नर वहादुर विक रहनुभएको छ ।
त्यस्तै साविक वडा नं. ५ मा दुर्गा वहादुर विकको संयोजकत्वमा १५ सदस्यिय टोल संगठन कमिटिको गठन गरिएको छ । कमिटीको सचिवमा भिम बहादुर श्रीस रहनुभएको छ। कार्यक्रम नेकपा वडा कमिटि अध्यक्ष श्यामलाल विकको अध्यक्षता, नगर कमिटि सदस्य देवेन्द्र पुनको स्वागत मन्तव्य तथा वडा सचिव पूर्ण थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।