लागु औषधी विरुद्ध प्रहरीसँग आमा अभियान

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

जिल्ला प्रहरी कार्यालय बागलुङले लागु औषध दुव्र्यसनी विरुद्ध नयाँ अभियानको सुरुवात गरेको छ ।
लागु औषध प्रयोगकर्ताकोे सहज पहिचानको लागि प्रहरीले ‘प्रहरीसँग आमा’ मंगलबारदेखि अभियान सुरु गरेको हो ।
परिवारको सबै भन्दा जिम्मेवार र जानकारी अभिभावक आमा भएकाले आमासंगको सहकार्य अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो ।
प्रहरीले लागु औषध सेवाको मात्रा समेत पहिचान गर्न ‘किट’ प्रविधि प्रयोगमा ल्याएको छ । उक्त किटले पिसाव मार्फत ६ प्रकारका लागु औषध सेवन गरेको पत्ता लगाउन सकिने प्रहरी उपरीक्षक भट्टको भनाई छ ।
प्रहरीले लागु औषध प्रयोगकर्तालाई पक्राउ गर्ने र कार्वाही गर्न परम्परालाई परिमार्जन गरी पहिचान र त्यसको जरो पत्ता लगाउने अभियानमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।


प्रमुुख जिल्ला अधिकारी लुुकबहादुुर क्षेत्रीले प्रहरी र सामाजिक संघ संस्थाको संयुक्त पहलमा दुव्र्यशनी नियन्त्रण गर्न सकिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी क्षेत्रले गाजाको रुपमा प्रयोग हुने उत्पादनलाई विस्थापित हुने गरी अन्य उब्जनीलाई प्राथमिकता दिनुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा आदर्श सञ्चार सहकारीले जिल्ला प्रहरी कार्यालय बागलुङलाई २० वटा किटसहयोग गरेको थियो । एउटा किटको बजार मुुल्य ५ सय रुपैयाँ रहेको छ । सञ्चार सहकारीले १० हजार बराबरको किट सहयोग गरेको हो ।
कार्यक्रममा बागलुुङ नगरपालिका ३ का वडा अध्यक्ष लक्ष्मी बास्कोटा, आदर्श सञ्चार सहकारी सम्पादक तथा राष्ट्रिय सहकारीका गण्डकी प्रदेश संयोजक रामबहादुुर जि.सी, सामुुदायिक प्रहरी गुुठीका अध्यक्ष लिलादेवी खड्का लगायतले बोल्नुुभएको थियो । कार्यक्रम इन्सेक प्रतिनिधि तथा प्रत्रकार सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।