राष्ट्रिय जनमोर्चा बागलुुङद्धारा राहात वितरण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

बागलुुङको तमानखोला गाउँपालिका– ४ लाम्लेका पहिरो पीडितलाई सोमबार राहत वितरण गरिएको छ ।
पहिरोले पुरिएर मृत्यु भएका तथा घाइतेका परिवारलाई राष्ट्रिय जनमोर्चा बागलुुङले राहात वितरण गरिएको हो ।
गत साउन १९ गते लाम्लेमा गएको पहिरोमा ज्यान गुुमाउने र घाइते हुुनेको परिवारलाई ५ हजार रुपैयाँका दरले ५ घरपरिवारलाई २५ हजार रुपैयाँ प्रदान गरेको राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म कुँवरले जानकारी दिनुभयो ।
कार्यक्रमा तमानखोला गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष उदिन छन्त्याल, राष्ट्रिय जनमोर्चा पार्टीका जिल्ला सदस्य गौरीश्वर पाण्डे, दुुर्गादेवी घर्ति, दिपक थापा र तमबहादुुर घर्ति लगायतले बोल्नुभएको थियो ।