विद्यार्थीहरुलाई शैक्षिक साम्रागी वितरण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

बागलुङमा स्थापित कमल शृजना श्रेष्ठ कोषद्धारा विद्यार्थीहरुलाई शैक्षिक साम्रागी वितरण गरिएको छ ।
बागलुङका व्यवसायी कमल श्रेष्ठ र सृजना श्रेष्ठले नेपाल भाषा मकाःखलकामा स्थापना गरेको दुई लाख रुपैयाँको अक्षयकोषबाट सदरमुकाम स्थित सामुदायिक तथा निजी विद्यालयमा अध्ययरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
कोषद्धारा विद्यामन्दिर मावि, कालिका कन्या मन्दिर, रुद्रेपिपल मावि र अमृत आदर्श बोर्डिङमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक साम्रागी र झोला वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै समाजसेवी देब बहादुर श्रेष्ठले व्यवसायसँगै शिक्षा सेवामा श्रेष्ठ परिवारले गरेको लगानी प्रसंसनीय भएको बताउनुभयो । शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीमा सकरात्मक प्रतिस्पर्धाको भावना जागृत गर्न शैक्षिक कोषले सहयोग पुग्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल भाषा खलका पुर्व अध्यक्ष महेशचन्द्र प्रधान, नेपाल पत्रकार महासंघ बागलुुङका सचिव राम थापा अविरल, नेवा मिस बदुका शसी शाक्य, सल्लाकार बसन्तकुुमार श्रेष्ठ र विद्यामन्दिर माविका प्रधानाध्यापक शान्तमणि ढकालले बोल्नुभएको थियो ।
कार्यक्रम नेपाल भाषा मंका खलका अध्यक्ष मुुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष गगनलाल शाक्यको स्वागत र सचिव सुुदिप राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।