श्रीकृष्ण जन्माष्टमी बागलुुङमा पनि विविध कार्यक्रम हुुदै

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

अन्तराष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन नेपालले बागलुुङमा पनि विविध कार्यक्रम गरी श्रीकृष्ण जन्माष्टमी महोत्सवको गर्ने भएको छ ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । जन्माष्टमीको अवसरमा बागलुुङमा रहेको अन्तराष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन नेपालले भाद्र ६ गते बागलुुङ नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो ।
जन्माष्टमीको अवसरमा नेपाल सरकारले विदा काटेको र विद्यालय सञ्चालन भैरहेको समयमा कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीको अध्ययनमा असर गर्ने भएकाले भाद्र ६ गते ४ वजेदेखि मात्र कार्यक्रम सञ्चालन गर्ने नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ बागलुुङका प्रमुुख परमेश्वर अच्युत दास (प्रदीप भण्डारी)ले जानकारी दिनुुभयो ।
विहान देखि नै पुुजाआजा सुुरु भएपनि सास्कृतिक कार्यक्रम तथा नृत्य नाटक बेलुुका मात्र कार्यक्रम सञ्चालन हुुने संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
जन्माष्टमी विशेष सामाजिक सेवा कार्यको लागि सहयोग पुु¥याउने उदेश्यले प्राकृतिक प्रकोप पिडितलाई राहत संकलन कार्यलाई पनि निरन्तरता दिइने परमेश्वर अच्युुत दासको भनाई छ ।