जातीय विभेद गरेकी छैनः रुद्रा कुमारी केसी

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

बागलुङको जैमिनी नगरकार्यपालिकाकी महिला सदस्य रुद्राकुमारी केसीले आफुले जातिय बिभेद झल्कने अभिव्यक्ति नदिएको दावी गर्नुभएको छ ।
जैमिनी नगरकार्यपालिकाकै अर्की सदस्य देवी नेपालीले वडा कार्यालयको बैठकमा केसीले जातिय बिभेद गरेको भन्ने घटना सार्वजनिक गरे पछि सोमबार बिज्ञाप्ती निकालेर आफुले जातिय बिभेद नगरेको बताउनुभएको हो ।
गत साउन २४ गतेको बैठकमा बोल्ने क्रममा आफुले जातिय बिभेदका शव्द प्रयोग नगरि वडामा भएका बस्तिहरुको नाम लिएर बोलेको र त्यसैलाई जातिय बिभेद भयो भनेर बिभिन्न संचार माध्यममा आएको समाचार गलत भएको दावी गर्दै केसीद्धारा प्रकाशित बिज्ञप्तीमा बस्तीको नाम लिएर बोल्दा जातिय बिभेद हुने भए बस्तीको नाम परिवर्तन गरेर देखाउन चेतावनी दिइएको छ ।
केसीले जातिय आरोप देवी नेपालीलाई र सिंगो दलित समुदायलाई नभई सार्की थरमा गएर त्यहाँका समुदायको आवश्यकता संकलन गरि आएको र त्यो दलितबस्तीका समस्यालाई कार्यान्वयन गर्न लाग्दा समस्या देखिएपछि टोलको नाम लिएर वडा अध्यक्षसंग जवाफ मागेको कुरालाई लिएर जातिय बिभेद भयो भनेर भन्नु लज्जास्पद कुरा भएको बताउनुभएको छ ।
आफुले बिगत ४ बर्षदेखि दलित उत्थानका लागि र दलित बिद्यार्थीहरुका लागि शैक्षिक सामाग्री लगाएत खाजा समेत व्यवस्था गर्दै आएको तर दलितका समस्या उठान गर्ने क्रममा दलित महिला सदस्यले नै दलितका समस्या समधानका लागि भन्दा पनि पार्टीका कुरा लिएर अगाडि आएको केसीको आरोप रहेको छ ।
जैमिनी नगरकार्यपालिका सदस्य देवी नेपालीलेले नगर कार्यपालिकाकै महिला सदस्य रुद्रा कुमारी केसीद्धारा जातिय बिभेद भएको आरोप लगाउनु भएको थियो । नेपालीले जैमिनी नगरकार्यपालिका सदस्य केसीले २४ गते वडा समितिको बैठ्कमै जातिय गालि गलौज गरी सिंगो दलित समुदायमाथी नै अत्याचार गरेको बताउनुएको थियो ।