संचालनमा आयो निसीखोला जल विद्युत आयोजना

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

बाढीले अवरुद्ध निसीखोला दोस्रो लद्यु जलविद्युत आयोजना एक साता पछि संचालनमा आएको छ ।
गत साउन १९ गते बाढीले आयोजनाको बाँध बगाएपछि विद्युत उत्पादन अवरुद्ध भएको थियो । विद्युत आयोजनाको बाँध बाढीले बगाएपछि निसीखोला गाउँपालिकाका १ हजार १ सय २० घरका जनताहरु अन्धकारमा बस्न बाध्य भएका थिए ।
आयोजनाको उत्पादन बन्द भएसँगै सो क्षेत्रका बोहोरागाउँ, थापागाउँ, झिँवाखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौर लगायतका ठाउँका स्थनानीयहरु अन्धकारमा बस्न बाध्य भएका थिए । निरन्तर वर्षासँगै आएको बाढीले आयोजनाको २० मिटर बाँध बगाएको थियो ।
वर्षा रोकिए पछि आयोजनाले बाँध निर्माण गरे लगत्तै विद्युत आयोजना संचालनमा आएको आयोजनाका अध्यक्ष लोकिश्वर पौडेलले जानकारी दिनुभयो । आयोजनाको बाँधसँगै मुख्य प्रशारण लाईनका १४ वटा पोल समेत भाँचिएका थिए ।
खोलामा पानीको बहाव कम भएपछि डोजर लगाएर आयोजनाको मुहान निर्माण गरिएको अध्यक्ष पौडेलको भनाई ।