रुइसे–भेडिओढारमा पर्यटकीय भ्युटावर

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिकाको रुईसे– भेडिओढारमा पर्यटकिय भ्युटावर निर्माण गरिएको छ ।
समुद्रि सतहदेखि २ हजार २२० मिटर उचाईमा अवस्थित रुइसे थामकोटमा भ्युटावार, पदमार्ग र तालिम हल पिकनि स्पोर्ट लगायतको पुर्वाधार निर्माण गरिएको छ ।
समुद्रि सतहदेखि २५ सय २० मिटर उचाई रहेकोे भेडीओडारको विशाल ढुंगालाई चारैतिर घेराबार गरिएको छ। रुइसेदेखि आधा घण्टा उकालो हिडेपछि पुगिने भेडिओढारमा पर्यटक सुरक्षाका लागि रेलिङले घेराबार र जस्तापाताले छाएर विश्रामस्थल बनाइएको छ ।
सरकारी निकाय र समुदायको पहलमा रुइसेमा भ्यू टावर, वनभोजस्थल, पदमार्ग, सडक, तालिमहल, खानेपानीलगायत पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाले रुइसेमा तीनतले ३५ फिट अग्लो भ्यू टावर निर्माणका लागि पछिल्लो दुई आर्थिक वर्षमा ३० लाख रुपैयाँ लगानी गरेको छ ।


रुइसेको फेदीदेखि भ्यू टावरसम्मको उकालो बाटोमा २०० मिटर पक्की र ११५ मिटर ढुंगे सिढीसहितको पदमार्ग निर्माण गरिएको छ । फलामको र्भयाङबाट उक्लिन मिल्ने भ्यू–टावरको दोस्रो र तेस्रो तलामा विश्राम गर्दै दृष्यावलोकन गर्न सकिन्छ । त्यस्तै गाउँपालिकाको २० लाख रुपैयाँ लगानीमा रुइसेमै विभिन्न सीपमूलक तालिम लगायतको कार्यक्रम गर्नका लागि हल निर्माण गरिएको छ।
रुइसे पुग्ने पर्यटकले ऐतिहासिक भगवति कोत मन्दिर, नौलीबराह ताल र भेडिओडारको पनि अवलोकन गर्न सक्छन् । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे भेडिओढारबाट नजीकबाट उदाएको सुर्य, पश्चिममा रहेको धौलागिरी, अन्नपु्र्ण, नीलगिरि र गुर्जा जस्ता दर्जनौ हिमालको दृष्य देखिन्छ ।
नेपालको १ सय गन्तव्यभित्र समेटिएको धौलागिरि आईसफल पदमार्गले समेटीएको गाउँपालिका र प्रदेश र केन्द्रबाट आएको बजेटले पुर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । भ्युटावरमा विधुत सेवा ल्याउनका लागि पोलहरु विस्तार गर्ने काम भएको वडा अध्यक्ष रिमबहादुर कटुवालले बताउनुभयो ।