सर्जक बिरहीको तिजी गित ढल्की ढल्की नाच्छु रिलिज (भिडियो सहित)

-- कृष्ण संयोग, बागलुङ / प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

हरितालिका तिज २०७६ को पावन अवसर लक्षित गरेर गायक कमल बिरहीले तिजी गीत को म्यूजिक भिडियो बि.एन.बि मुभी म्युजिकको अफिसियल युवटुव च्यानलबाट सार्वजनिक भएको छ ।
बिकास बि.कको शब्द, शोभित बि.कको लय, गायक कमल बिरही र गायिका लक्षु माझीको स्वर रहेको गितको संगीत संयोजन समित परियारले गर्नुभएको छ ।
करिश्मा ढकाल र सुमन परियारको आर्कषक नृत्य रहेको भिडियोमा सुरेश श्रेष्ठको छांयाङुकन, प्रकाश धमालको सम्पादन, स्मृति तिल्मिसिना गुरुआमा निर्देशन रहेको भिडियो बि.एन.बि मुभी म्युजिकले बजार व्यवस्थापन गरेको छ ।
भिडियो हेर्नुहोस्ः–